×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सि र पुटिनबीच अफगानिस्तानबारे फोन वार्ता

१० भाद्र २०७८

१० भदौ, बेइजिङ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उनीहरुले दुई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरु विभिन्न आन्तरिक मामिलामा छलफल गरेका थिए ।

Advertisement
Advertisement

हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उनीहरुबीचमा कुराकानी भएको बताइएको छ । चिनियाँ राष्ट्रपति सिले अफगानिस्तानको स्वतन्त्रता र सार्वभौमिकताको चीनले सधैँ सम्मान गर्ने बताएका थिए । साथै उनले यस विषयमा आगामी दिनमा पनि चीनले अफगानिस्तानमा रचनात्मकरुपमा सहयोग गर्ने बताएका थिए ।

हाल अफगानिस्तानमा देखिएको समस्याको समाधान रचनात्मकरुपले गर्नका लागि चीनले सहयोग पु–याउने उनले उल्लेख गरेका थिए । यसका लागि रुससहित विभिन्न देशलगायत अन्तरराष्ट्रिय समुदायसँग आवश्यक छलफल र परामर्श गरेर अफगानिस्तानको समस्या समाधानका लागि चीनले सहयोग गर्ने उनको भनाइ थियो ।

साथै अफगानिस्तानमा हाल देखिएको असहज परिस्थितिमा अफगानिस्तान र त्यहाँका नागरिकलाई सहयोग गर्न रुस पनि तयार रहेको राष्ट्रपति पुटिनले बताएका थिए ।

उता अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्य यही अगष्ट ३१ सम्म सक्ने बताएका छन् ।

अमेरिकाले एक्लै र उसका नेटो गठबन्धन देशले पनि यस कार्यलाई निरन्तरता दिएको र आगामी अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने आफ्नो विश्वास रहेको भनाइ उनले बुधबार पनि दोहो–याएका हुन् ।

यहाँ उडानको सङ्ख्यामा वृद्धि गरिएको जानकारी पनि दिइएको छ । आवश्यकताको आधारमा पछिल्ला केही दिनमा उडानको सङ्ख्या थपिएको र आवश्यक कागजपत्रका आधारमा मानिस अफगानिस्तानबाट बाहिरिएका छन् ।

काबुल विमानस्थलमा अहिले पनि भीडभाड रहेको छ । मानिस भागदौडका कारण विमानस्थल अझै पनि अस्तव्यस्त रहेको बताइएको छ ।

विमानस्थलमा अफगानभन्दा पनि बढी विदेशी नागरिकको भीड लागेको छ । अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लागेको हो ।

Advertisement

तालिबानले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रले देश छोड्न चाहेका छन् । अहिले पनि विमानस्थलमा आफ्नो देश जान चाहने कम्तीमा पनि दश हजार मानिस रहेका बुधबार बताइएको छ । सिन्हवा

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top