विज्ञापन कर नबुझाउने २६ कम्पनीविरुद्ध मुद्दा

९ भदौ ७८, बिहीबार

१० भदौ, वीरेन्द्रनगर ।

वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन कर सङ्कलनको जिम्मेवारी पाएको एक कम्पनीले कर नतिर्ने २६ कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

सहारा निर्माण सेवा, वीरेन्द्रनगर–७ ले मुलुकी देवानी संहिता २०७४ को दफा ६६९ बमोजिम विज्ञापन राख्ने व्यवसायीबाट तिर्न बुझाउन बाँकी करको दायित्व वहन गराउन माग गर्दै फिरादपत्र दायर गरेको हो ।

फिरादपत्रमा विपक्षीबाट रु ३३ लाख ३० हजार ८२० असुल गराउन माग गरिएको छ । नगरपालिका र सहारा निर्माण सेवाबीच विसं २०७७ असोज ४ गते विज्ञापन कर सङ्कलन गर्ने सम्झौता भएको थियो ।

सहारा निर्माण सेवाका सञ्चालक दशरथ चन्दले बारम्बार ताकेता गर्दासमेत कर नबुझाएपछि अदालतमा मुद्दा दायर गर्नुपरेको बताए । उनका अनुसार होर्डिङ बोर्ड राखेवापत रु एक लाख ५० हजारमात्र विज्ञापन कर सङ्कलन भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (घ) १ मा विज्ञापन प्रयोजनका लागि राखिएका होर्डिङ बोर्डबाट सम्बन्धित स्थानीय तहले कर उठाउन पाउने उल्लेख छ । सोही प्रावधानअनुसार वीरेन्द्रनगर नगरपालिकाले कर सङ्कलनको जिम्मेवारी उक्त कम्पनीलाई दिएको थियो ।

नगरपालिकाले पनि ती २६ कम्पनीलाई तत्काल कर दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको थियो । फिरादपत्रमा मुलुकी देवानी संहिता २०७४ को दफा ४९४, ४९५, ६६९ बमोजिम विपक्षीबाट पाउनुपर्ने राजश्व रकम असुल गर्न नसकी क्षति हुन गएकाले सो रकम क्षतिपूर्ति भराइदिन माग गरिएको छ । अदालतले असोज ५ गते उपस्थित हुन विपक्षी कम्पनीलाई पत्र पठाएको छ ।

विपक्षी बनाइएका कम्पनीमा हिम इलेक्ट्रोनिक्स प्रालि, सम्राट सिमेन्ट कम्पनी प्रालि, बर्जर पेन्टस् नेपाल (बर्जर एण्ड निकोल्सन), नारायणी स्टिल प्रालि, घोराही सिमेन्ट इन्डष्ट्री प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि, जन्सा कार्पेट (आशी इण्डष्ट्रिज), विश्वकर्मा सिमेन्ट प्रालि, एशियन थाइ फुड्स प्रालि, मङ्गलम इण्डष्ट्रिज प्रालि, एनसेल एक्जियटा लिमिटेड, लिक्कियर वल्र्ड, बोटलर्स नेपाल लिमिटेड, यति बु्रअरी प्रालि रहेका छन् ।

त्यस्तै अम्बे स्टिल्स प्रालि, जस्मिन पेन्टस् प्रालि, टाटा पेन्टस् एण्ड केमिकल इण्डष्ट्रिज प्रालि, वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेड, सिजी फुड्स नेपाल प्रालि, होंशी शिवम सिमेन्ट प्रालि, आइएमई डिजिटल सोलुसन, इसेवा फोनपे प्रालि, सर्वो लुब्रिकेन्ट एचएच नेपाल, हंशराज हुलाशचन्द एण्ड कम्पनी लिमिटेड प्रालि, शुभमश्री अग्नि सिमेन्ट उद्योग, गोयन्का स्टिल प्रालि रहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top