भारतले दियो नेपाललाई अक्सिजन प्लान्ट

९ भदौ ७८, बिहीबार

१० भदौ, काठमाडौँ ।

भारत सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारको तर्फबाट नेपाल सरकारमार्फत् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन्।

अक्सिजन प्लान्ट ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे। उनले भारत सरकारको यस सहयोगले अक्सिजनको अभावलाई पूर्ति गर्ने बताए।

भारत सरकारले कोभिड नियन्त्रणका लागि नेपाल सरकारलाई खोप लगायतका अन्य स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि कोभिशिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गरे।

‘यसले अक्सिजन सप्लाई साथसाथै अक्सिजनको अभावलाई ठुलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु। त्यसको अलावा कोभिड १९ नियन्त्रणको लागि भारत सरकारले विशेष गरेर हामीलाई खोप सहयोग उपलब्ध गराइदिएर र धेरै सामग्रीहरु कोभिड १९ का लागि औषधि लगायत धेरै चिजहरु कोभिड १९ नियन्त्रणका लागि ठुलो सहयोग उपलब्ध भएको छ।

भारत सरकारप्रति हामी आभारी छौं। आगामी दिनमा पनि अझै सहयोग पाउने अपेक्षा राखेका छौं। आगामी दिनमा कोभिशिल्ड भ्याक्सिन उपलब्ध गराए हामीलाई सहज हुन्छ,’ राज्यमन्त्री श्रेष्ठले भने।

सो अवसरमा मन्त्री श्रेष्ठले वर्तमान सरकार बनेको एक महिनाको अवधिमा करिब ५० लाख खोप लगाइसकेको पनि बताए। १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको दोस्रो मात्रा लगाइसकिएको पनि उनले जानकारी दिए।

‘यो सरकार आइसकेपछि हामीले एक महिनाको दौरानमा ५० लाख भ्याक्सिनहरु लगाइसकेका छौँ । झण्डै १८ प्रतिशत जनतालाई पहिलो मात्रा लगाएको छ भने दोस्रो मात्रा १३ प्रतिशत जनतालाई लगाएको छ,’ उनले भने।

अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोभिड १९ संक्रमणका बेलामा अक्सिजन प्लान्टको आवश्यकता पर्ने भन्दै नेपाल र भारत छिमेकी देश भएका नाताले आपसमा निर्भर भएर काम गर्नुपर्ने बताए।

‘मेडिकल प्रोसेसका लागि अक्सिजन प्लान्ट इन्फास्ट्रक्चरको आवश्यक छ । नेपाल र भारत छिमेकी देश हुन् । नेपाल र भारतले एक अर्कामा निर्भर भएर काम गर्नुपर्छ । कोरोनाको दोस्रो लहरको बेलापनि हामीले केही सहयोग गरेका थियौँ र अब पनि गर्नेछौँ,’ उनले भने।

राजदूत क्वात्राले कोभिड १९ नियन्त्रणका लागि नेपाल सरकारलाई आगामी दिनमा पनि सहयोग गर्न भारत सरकार तयार रहेको बताए।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top