×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

फार्मेसीमा औषधि नहुँदा प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम

११ भाद्र २०७८

११ भदाै, चितवन।

सरकारले बीमा कार्यक्रममार्फत सर्वसाधारणलाई एक हजारभन्दा बढी प्रकारका औषधि दिने भनिएपनि भरतपुर अस्पतालको फार्मेसीमा भने आधा औषधि पनि पाउन सकिँदैन । अस्पतालको फार्मेसी व्यवस्थित हुन नसक्दा यो समस्या आएको हो ।

एक महिनाअघिसम्म अस्पतालमा फार्मेसी पढेकालाई व्यवस्थापनको जिम्मा दिनुपर्ने भन्दै आन्दोलन नै भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल ४१९ प्रकारका औषधि मात्रै रहेका छन् । उनका अनुसार साउन ६ गते फार्मेसीको स्टोरमा बीमाका औषधि २४४ प्रकारका मात्र रहेका थिए । अहिले औषधि विस्तारै बढाउँदै लगिएको हो ।

अस्पतालले औषधिको माग पूर्तिका लागि गत माघ मसान्तमा ९२२ प्रकारका औषधि र २६९ प्रकारका सर्जिकल सामग्रीको ठेक्का सम्झौता गरेको थियो । औषधि ल्याउनका लागि १० वटा संस्था र सर्जिकल सामान ल्याउन छवटा संस्थासँग सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि ठेकेदारले औषधि समयमा ल्याउन नसक्दा समस्या आएको फार्मेसीका एक कर्मचारी बताउँछन् । उनका अनुसार अहिले फार्मेसी स्टोरले ६०० प्रकारका औषधि माग गरिरहेको छ । माग गरिएका औषधि ४५ प्रतिशत मात्रै आउँदा बिरामीले पाउन नसकेको उनको भनाइ छ ।

अस्पतालका सूचना अधिकारी पौडेलका अनुसार समयमा औषधि नल्याउने ठेकेदार कम्पनीलाई आदेश गरेको समयभित्र नल्याएको भन्दै पत्राचारसमेत गरिएको छ । ठेक्का साकार गरेर समयमा औषधि नल्याउने महेश मेडिसिन, मेडसेन्स फर्मा, सागर मेडिकल हल, डिजिटल फार्मेसी, पायनियर मेडिसिन स्टोर्स, मेडिक्राफ्ट हेल्थ इनोभेसनलाई ताकेता गरिएको उनले जानकारी दिए ।

इनोभेसन सर्जिकल सामग्री ल्याउने संस्था हो । बीमामार्फत औषधि पाइने भन्दै लामो लाइनमा बस्ने सेवाग्राही काउन्टरमा पुुग्दा औषधि नपाएपछि रित्तो हात फर्किनुपरेको छ । अस्पतालको मुख्य आम्दानीको स्रोत बनेको बीमा कार्यक्रमप्रति ध्यान नदिँदा अस्पतालको आम्दानी मात्रै गुमेको छैन, सेवाग्राही प्रत्यक्षरुपमा मर्कामा परेका छन् । पछिल्लो समय मेडिकल सुपरिटेन्डेन्ट स्थायित्व नहुँदा अस्पतालका सबै विभाग कमजोर बन्दै गएका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले फार्मेसीमा आवश्यक औषधि व्यवस्था गर्न भनिएको भए पनि हुन नसकेको स्वीकारे । के कति कारणले हुन नसकेको हो अनुुगमन गरिने उनको भनाइ छ । यो सङ्घीय अस्पताल हो । छ सय शय्याको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top