एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन : ओली

१२ भदौ ७८, शनिबार
Share this
740shares

१२ भदौ, काठमाडौं ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा एमालेलाई केही फरक नपर्ने बताएका छन् ।

शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।  उनले भने ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’

Advertisement

अध्यक्ष ओलीले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिन भन्ने निश्ष्कर्षमा पुगेको टिप्पणी गरे ।

एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै उनले  अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top