क्रिकेट प्रशिक्षकको राजीनामा, नेपालमा किन टिक्दैनन् विदेशी प्रशिक्षक ?

१२ भदौ, काठमाडौँ ।
विश्वमै उदाउदै आएको नेपाली क्रिकेटमाथि एक पछि अर्काे अपत्यासित घटना आईलागेका छन् । पूर्व कप्तान तथा सफल खेलाडी पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेको केही समय नवित्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका छन् । यो नेपाली क्रिकेटले उपलब्धि हासिल गरेको हेर्न आतुर खेलप्रेमीका लागि ठूलो चोटको विषय हो ।

Advertisement

प्रशिक्षक वाटमोरले इमेल मार्फत नेपाल क्रिकेट संघ (क्यान) लाई राजीनामा पठाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षक ह्वाटमोरले राजीनामा इमेल गरेको पुष्टि गरेका छन् । वाटमोरसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली हाल पपुवा न्युगिनी विरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज तथा आइसीसी विश्वकप क्रिकेट लिग –२ को खेलका लागि ओमानमा छ । टोलीले विहीबार ओमान पुगेर प्रशिक्षण पनि गरिसकेको छ । यसैबीच वाटमोरले व्यक्तिगत कारणले राजीनामा दिएको र त्रिकोणात्मक सिरिजपछि काम नगर्ने जानकारी दिएका छन् ।

प्रशिक्षक वाटमोरले कोरोनाका कारण परिवारसँग टाढा रहनुपर्दा कठिनाई भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् । तर उनको राजीनामाले भने ओमान भ्रमणलाई असर नगर्ने बताइएको छ । त्रिकोणात्मक सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म ओमानमा हुनेछ । वाटमोर ८ महिनाअघि मात्र नेपाल आएका थिए । क्रिकेट संघले वाटमोरलाई २ पुस २०७७ मा एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनको नेतृत्वमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिज पनि जितेको थियो । उक्त सिरिजमा युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि वाटमोरबाट निकै आशा गरिएको थियो । श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका ६६ वर्षीय वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन् ।

Advertisement

श्रीलंकालाई विश्वकप जिताएका प्रशिक्षक वाटमोर नेपाल आउनु अघि सिंगापुरको प्रशिक्षक थिए । प्रशिक्षण करिअरको उत्तरार्धमा रहेका उनी नेपालमा राम्रो प्रभाव छाड्न चाहन्थे । तर नेपालमा उनले सोचे जस्तो भएन । एक त कोरोना महामारीका कारण लामो समय क्रिकेट गतिविधि ठप्प जस्तै भयो । त्यसमाथि क्रिकेट संघको व्यवस्थापन उनका लागि सहज बनेन् । श्रम सम्झौताकै कारण उनले शुरुको तीन महिना समयमा तलब पाउन नसक्नुले सूरुवातमै उनको लगनमा चोटपुगेको अनुमान गरिएको छ ।

अझ पछिल्लो पटक राष्ट्रिय टिमका पूर्व कप्तान खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनीपनि निराश बनेका थिए । प्रशिक्षक वाटमोरका लागि हरेक क्षेत्रमा देखिएका नैराश्यताले नै आफ्नो सम्झौता अवधिको तीन महिना बाँकी रहँदा नै पद छाड्ने निर्णय उनलाई पुग्न बाध्य बनाएको विश्लेषण गरिएको छ। यद्यपि नेपालबाट ओमान उड्दासम्म प्रशिक्षक छोड्ने कुनै योजना नबनाएका उनले ओमानपुगेपछि किन राजीनामा दिने सूचना दिए भन्ने प्रश्न पनि उब्जिएको छ । क्रिकेट प्रशिक्षकको राजीनामाको इमेल र फुटबलका मुख्य कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल छोड्नका लागि गरिरहेको पहल अनि एन्फा भित्रको राजनीतिले समग्र नेपाली खेलका प्रशंसकहरुलाई भने निराश तुल्याएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top