माधव नेपाल १५ वर्षपछि संसदीय दलको नेता

१३ भदौ, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १५ वर्षपछि संसदीय दलको नेता चयन भएका छन् ।

विघटित प्रतिनिधिसभा पुनःस्थापित भएपछि नेता नेपाल १५ वैशाख २०६३ मा एमाले संसदीय दलको नेता चयन भएका थिए । उनी ११ जेठ २०६६ देखि २२ माघ २०६७ सम्म करिब १८ महिना देशको प्रधानमन्त्री बने । ०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा उनी काठमाडौं र रौतहट दुवै निर्वाचन क्षेत्रबाट पराजित भएका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनपछि झलनाथ खनाल संसदीय दलको नेता चयन भएका थिए । २०७४ निर्वाचनपछि केपी ओली संसदीय दलको नेता चयन भए ।

संविधानसभाको पहिलो निर्वाचनमा दुईवटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सो सभाको सांसद मनोनीत मात्र भएनन्, प्रधानमन्त्री निर्वाचितसमेत हुन पुगे । संविधानसभाको चुनावमा आफ्नो हार तथा एमालेको कमजोर प्रदर्शनपछि पराजयको जिम्मेवारी काँधमा थापेर एमाले महासचिवको पद त्यागेका नेपाल, एक वर्ष पुग्दानपुग्दै सिंहदरबारको जिम्मेवारी बोक्न तम्तयार भए । तत्कालीन नेपाली कांग्रेसका सभापति र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई संविधानसभामा मनोनीत गरेका थिए ।

२०५० मा तत्कालीन महासचिव मदन भण्डारीको निधनपपछि एमालेको महासचिवको रूपमा नेपाल १५ वर्षसम्म लगातार राजनीतिको केन्द्रविन्दुमा रहन सफल भए ।

यतिबेला भने माधव नेपाल एमालेको नभई नवगठित एकीकृत समाजवादी संसदीय दलको नेता चयन भएका छन् । समाजवादीमा ३० जना सांसद छन् । प्रतिनिधिसभाका २३ र राष्ट्रिय सभाका सात सांसद छन् ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top