×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सोमबार बेलुकासम्म सरकारले पूर्णता पाउँछ : नेता मीन विश्वकर्मा

१३ भाद्र २०७८

१३ भदौ, काठमाडौं ।

सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भोली बेलुकासम्म सरकारले पूर्णता पाउने बताएका छन् ।

Advertisement
Advertisement

सरकारको पक्षमा बहुमत जुटिसकेको उल्लेख गर्दै पूर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले सोमबार (भोली) बेलुकासम्म सरकारले पूर्णता आउने प्रतिक्रिया दिएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरुको निर्माण गर्ने दलहरुबीचको सहमति कार्यान्वयन भईसकेकाले अव सरकारलाई पूर्णता दिने काममा ढिलाई गर्नुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।

नेता विश्वकर्माले भने, ‘सायद भोली बेलुकासम्म सरकार विस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ । ढिलो किन भयो ? भन्ने कुरा चाँही दलहरुबीचको बैधताका कुरा, अस्तित्वका कुरा, दल निर्माणको कुरा र दलहरुबीचको केही सहमतिको कुरा हो ।

अहिले सहमति पनि भईसकेको छ । दल निर्माण पनि भईसकेको छ । सरकारको पक्षमा स्पष्ट बहुमत पनि जुटिसकेको हुनाले अव ढिलाई हुँदैन ।’

नेता विश्वकर्माले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि सरकारका सहभागी हुने आफूले जानकारी पाएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता कर्ण थापाले आफ्नो पार्टी फुटाउन सघाएको भन्दै सभामुख अग्नीप्रसाद सापकोटाको र सत्तारुढ दल नेपाली काँग्रेसको चर्को आलोचना गरे ।

उनले सभामुखले आफ्नो दलले कारबाही गरिसकेका सांसदहरुलाई बैधता दिएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणमा सघाउ पु¥याएको आरोप लगाउँदै भने, ‘सभामुखले नगर्नुपर्ने काम गरेका छन । त्यसका विरुद्ध आगामी दिनमा संसद चल्न नदिने अवस्था आउन पनि सक्छ ।’

Advertisement

नेता थापाले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको निर्माण अवैधानिक ढंगले भएको जिकीर गर्दै त्यस विरुद्ध आफूहरु सर्वोच्च अदालत जाने चेतावनी समेत दिए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top