नेपालबाट कतारमा गाँजा पठाउने समूह पक्राउ

१३ भदौ ७८, सोमबार

१३ भदौ, काठमाडौं ।

नेपालबाट कतारमा गाँजा पठाउने समूहलाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका–१० घर भएका बुद्धिराज पाठक, विष्णु श्रेष्ठ र मोरङ सुन्दरहरैचा नगरपालिका–६ घर भएका कुमार श्रेष्ठ छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार जान लागेका बुद्धिराजलाई ब्यूरोले भदौ ८ मा पक्राउ गरेको थियो । ‘ग्यास्ट्रिक हरण चुर्ण’को बट्टाभित्र ८ सय ग्राम गाँजा लुकाएर पाठक कतार हिँडेका थिए । तर, ब्यूरोले उनलाई पक्रेसँगै नेपालबाट गाँजा तस्करी गर्ने समूहबारे थाहा भएको छ ।

पाठकलाई उनकै ज्वाई नाता पर्ने चितवनका विष्णु श्रेष्ठले गाँजा दिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता (एसपी) जिवन श्रेष्ठले  बताए । विष्णुलाई मोरङका ३८ वर्षीय कुमार श्रेष्ठले गाँजा दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

कुमारले १७ हजारमा किनेको गाँजा उनीहरुले ८ लाखमा बेच्नेगरी कतार लैजान लागेको प्रहरीलाई बताएका छन् । बुद्धिराज बिदामा नेपाल आएका थिए । बिदा सकेर फर्कंदा उनि गाँजा बोकेर जाँदै थिए ।

भदौ १० मा मोरङको बेलबारीबाट पक्राउ गरिएका कुमार पनि विदेश बसेर फर्किएका हुन् । उनले यसअघि १ केजी गाँजा कतारमा लगेर १० लाखमा बेचेको प्रहरीसँग स्विकारेका छन् ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top