×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

जोखिमको विश्लेषणपछि आंशिक वा पूर्णरुपमा विद्यालय खोल्न सकिने

१६ भाद्र २०७८

१६ भदाै,काठमाडाैँ ।

नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार दिएको छ । कोभिड–१९ जोखिमको रोकथामका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँको पछिल्लो निषेधाज्ञा (भदौ ९ गतेदेखि १६ गतेसम्म) मा शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, कोचिङ सेन्टर, तालिम केन्द्र) लगायतका क्षेत्रलाई सञ्चालन गर्न नमिल्ने क्षेत्रमा राखिएको छ । काठमाडौँकै गोकर्णेश्वर नगरपालिकामा मंगलबारदेखि विद्यालय खुलेको समाचार आएपछि विद्यालय खोल्न–नखोल्नेबारेमा अन्य पालिकामा जिज्ञासा उत्पन्न भएको छ ।

Advertisement
Advertisement

यसअघि गत साउन २८ गतेदेखि यही भदौ ८ गते कायम निषेधाज्ञामा कोभिड–१९ को सङ्क्रमण तथा जोखिम दर उच्च रहेकाले यस अवधिमा पर्न जाने जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रालगायतका पर्वलाई स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना हुने गरी परम्परागतरुपमा साङ्केतिक तवरले मनाउन र भीडभाडजन्य गतिविधि नगर्न भनिएको थियो ।

दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण यस शैक्षिकसत्रको सुरुदेखि नै प्रत्यक्षरुपमा नभई अनलाइन वा अन्य सञ्चार प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट पठनपाठन हुँदै आएकामा पछिल्ला दिनमा सङ्क्रमणको दर केही घटेकाले ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ कार्यान्वयनमा ल्याइएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसको कार्यान्वयन योजना तयार गरेको छ ।

उक्त कार्यविधिको कार्यान्वयनका लागि हरेक मन्त्रालय र निकायले आफूसँग सम्बन्धित क्रियाकलाप कसरी सञ्चालन गर्ने भन्ने अलग अलग कार्ययोजना पेश गरेका छन् । हाल दैनिक मुलुकभर करिब दुई हजारको दरमा सङ्क्रमण दर तथा २० जना मृत्युदर देखिएको छ । कोभिडविरुद्धको खोप लगाउने कार्यमा वृद्धि भएको र खोप लगाउनेमध्ये ९० प्रतिशतमा एन्टिबडीको विकास भइसकेको विवरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सार्वजनिक भएकाले भीडभाडजन्य गतिविधिलाई स्वास्थ्य मापदण्डको पालना गरेर सञ्चालन गर्न सकिने बुझाइ जनस्तरमा छ तर केन्द्रले त्यस्तो बुझाइलाई मात्रै आधिकारिता मान्दा जोखिमको खतरा हुन सक्ने जनाएको छ ।

केन्द्रका सहसचिव एवं प्रवक्ता नुरहरि खतिवडाले कार्यविधिमा जोखिमको समग्र विश्लेषण गर्ने स्पष्ट पाँच आधार दिइएको र सोअनुसार जिल्ला सङ्कट व्यवस्थापन समितिले प्राप्त तथ्याङ्कका आधारमा सम्बन्धित पालिका र जिल्लालाई सङ्क्रमणको स्तर निर्धारण गरेर कुन कुन क्रियाकलाप कसरी सञ्चालन गर्ने भन्ने निर्णय दिन सक्ने बताए । उनका अनुसार अघिल्लो हप्ताको तुलनामा चालु हप्तामा भएको परीक्षण, सङ्क्रमण र मृत्युदर, सम्बन्धित पालिका वा जिल्लाको जनसङ्ख्या, अस्पतालमा बेड क्षमता र बिरामी सङ्ख्या आदिको अलग अलग मूल्याङ्कन गरेर आएको प्राप्तङ्कलाई एकीकृतरुपमा जोडेर रेड, एम्बर, एल्लो, ग्रिन कलरले जोखिमको भ्यालुसहित स्तर निर्धारण (वर्गीकरण) गर्न सकिनेछ ।

प्रवक्ता खतिवडाले भने, “भरपर्दाे तथ्याङ्कका आधारमा यी सबै अवस्थाको विश्लेषण गरेर स्तर निर्धारण दिइएपछि सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न सकिनेछ । यी विषयमा ध्यानै नदिइकन हचुवाका भरमा विद्यालय वा कुनै क्षेत्र खोल्ने निर्णय उपयुक्त हुँदैन । यसमा चरणबद्धरुपमा गर्नुपर्छ । शिक्षा मन्त्रालयले बनाएको कार्ययोजनालाई पालान गर्नुपर्छ ।” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले यसबारेको मन्त्रालयको कार्ययोजना चाँडै सार्वजनिक गरिने जनाउँदै रातो र एम्बर जोनमा रहेका स्थानमा वैकल्पिक माध्यमबाट पठनपाठन गर्नुपर्ने र एल्लो जोनमा रहेका स्थानमा एक तिहाइ विद्यार्थीलाई पालोपालोमा बोलाएर विद्यालय खोल्न सकिने बताए । उनले ग्रिन जोनमा रहेका स्थानमा विद्यालय पूर्णरुपमा भौतिकरुपमा खोल्न सकिने जनाउँदै ती सबै अवस्थामा मन्त्रालयको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को पालना गर्नुपर्ने बताए ।

Advertisement

गत कात्तिक २० गते स्वीकृत उक्त कार्यढाँचामा विद्यालय खोल्नुपूर्व स्यानिटाइजेशनलगायतका तयारी, जोखिमको अवस्था विश्लेषणका आधारमा सम्बन्धित स्थानीय तहले जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँग परामर्श, सम्बन्धित विद्यालयको प्रस्ताव र सञ्चालन योजना तर्जुमा गरी विद्यालय सञ्चालन गर्नुपर्ने उल्लेख छ । यसरी विद्यालय पुनः सञ्चालन गर्नुपूर्व पूर्वसूचना प्रकाशन गर्नुपर्नेछ भने विद्यालय हेल्प डेस्कको स्थापना, विद्यार्थीको भौतिक दूरीको व्यवस्था आदि विषयमा ध्यान दिनुपर्नेछ ।रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top