×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

आजदेखि पोखरा–सिमरा उडान, १० घण्टाको यात्रा अब आधा घण्टामा सरर…

१६ भाद्र २०७८

१५ भदौ, गण्डकी ।

पोखराबाट सिमरासम्मको यात्रा गर्न लगभग १० घण्टा गाडीमा कुद्नुपर्छ । सडक बिग्रेभत्केका अवस्थामा त त्यो पनि सम्भव छैन ।

Advertisement
Advertisement

पर्यटकीय नगरी पोखरा भारतीय पर्यटकले राम्रै रुचाइएको गन्तव्य हो । नेपाल भित्रने अधिकांश भारतीय पर्यटकहरू रक्सौल नाकाबाट आउने गर्दछन् । नजिकै सिमारा विमानस्थल रहेर पनि पोखरा-सिमरा सिधा उडान नहुँदा सामान्य अवस्थामा पनि झन्डै १० घण्टाको गाडीको यात्रा बाध्यता जस्तै बनेको थियो ।

भारतीय पर्यटक भित्रने मुख्य नाका रक्सौल नजिकै रहेको सिमरा विमानस्थलबाट पोखरा सिधा हवाई उडान आवश्यक भएको आवाज समय-समयमा उठ्ने गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन।

भारतीय पर्यटकलाई अधिकतम भित्र्याउनुका साथै आन्तरिक पर्यटनमा समेत टेवा पुगोस् भन्ने उद्देश्यका साथ पोखरा-सिमरा सिधा उडान हुन लागेको र बुद्ध एयरले उक्त उडान भर्ने भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

‘पोखरा–सिमरा सिधा हवाई सम्पर्क गण्डकी प्रदेश र प्रदेश नं २ लाई जोड्ने महत्वपूर्ण माध्यम पनि हो,’ उनले भने, ‘कोरोना प्रभावित पर्यटनलाई आन्तरिक रुपमा पनि सबल बनाउनका लागि यो उडान महत्वपूर्ण बन्ने अपेक्षा गरेका छौँ ।’

वीरगञ्ज देशको प्रमुख व्यापारिक नाका हुनाका साथै नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जसमेतका कारण यी क्षेत्रसँग पर्यटकीय नगरी पोखरासँगको पर्यटकीय साइनोलाई समेत सिधा उडानले महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

बुद्ध एयरले पोखरा-सिमरा उडान हप्ताको तीन दिन गर्न लागेको पोखरास्थित बुद्ध एयरका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । उनका अनुसार प्रत्येक हप्ता आइतबार, बुधबार र शुक्रबार उडान तालिका राखिएको छ । उडान हुने दिन दिनको १२:२० बजे पोखराबाट सिमरातर्फ उडान हुने छ भने सो जहाजले १:१५ बजे सिमराबाट यात्रुहरू पोखरा ल्याउनेछ ।

उडानले पोखरा आउन चाहने भारतीय पर्यटकका साथै पोखराबाट वीरगञ्ज र रक्सौल नाका हुँदै भारतका विभिन्न सहर जान चाहने व्यक्ति तथा पर्यटक सबैलाई लाभ पुग्ने विश्वास लिइएको उनले बताए ।

कास्की जिल्लासहित स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दीलगायत स्थानबाट बीरगञ्ज लगायतका स्थानमा मानिस बसाइ जाने गरेका कारण पनि ती व्यक्तिसमेत लाभान्वित हुने भएका छन् ।

बुधबारदेखि उडान थाल्ने बुद्ध एयरले प्रारम्भमा १८ सिट क्षमताको बीच क्राफ्टमार्फत आफ्नो उडान भर्ने तयारी गरेको छ । यस रुटमा आवतजावत गर्न चाहनेका लागि बुद्ध एयरले तीन किसिमको भाडादर तोकेको छ । यसमा सबैभन्दा महँगो टिकटको भाडादर रु सात हजार एक सय ७० छ ।

त्यस्तै मध्यमस्तरको टिकटको भाडादर रु पाँच हजार दुई सय ७० छ भने सस्तो चार हजार सात सय ७० भाडादर रहेको स्टेशन म्यानेजर बरालले जानकारी दिए ।

यसैबीच आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रमअन्तर्गत भोलिदेखि हुने पोखरा–सिमरा पहिलो उडानमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसहित नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पर्यटन सम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी हुने भएको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिए ।

Advertisement

पहिलो उडानमार्फत सिमरा पुगेपछि नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा त्यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा जनप्रतिनिधिसँग आन्तरिक पर्यटन पुनरुत्थान लगायतका विषयमा छलफल एवम् अन्तरक्रिया गरिने कार्यक्रम तय भएको उनले बताए ।रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top