कश्मिरका विखण्डनकारी नेता गिलानीको निधन

१६ भदौ ७८, बिहीबार

१७ भदौ, एजेन्सी ।

कश्मिरका विखण्डनकारी नेता सइद अली गिलानीको निधन भएको छ । ९२ वर्षको उमेरमा उनको बिहीबार श्रीनगरस्थित आफ्नै घरमा निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए ।

गिलानीको मृत्युपछि सम्भावित हिंसालाई मध्यनजर राख्दै कश्मिरको मुख्य सहर श्रीनगरका सडकमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले गिलानीको घरनजिकको सडकमा काँडेतार र अवरोध राखेको छ । सरकारले श्रीनगरमा कफ्र्यू लगाउने र इन्टरनेट सेवा अवरुद्ध गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तानले गिलानीको मृत्युप्रति शोक व्यक्त गरेको छ । प्रधानमन्त्री इमरान खानले गिलानीलाई ‘स्वतन्त्रताका योद्धा’ भन्दै उनको मृत्युबाट पाकिस्तान सरकार दुःखी भएको बताएका छन् । गिलानीले आफ्नो सम्पूर्ण जीवन जनता र उनीहरुको अधिकारका लागि लडेको खानले उल्लेख गरेका छन् ।

गिलानीले करिब १० वर्ष जेल जीवन बिताएका थिए । जमात–आई–इस्लामी पार्टीको तर्फबाट उनी भारत प्रशासित कश्मिरमा १५ वर्षसम्म विधान सभा सदस्य बने । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले सन् २०१९ मा जमात–आई–इस्लामीमाथि प्रतिबन्ध लगाएको थियो ।

गिलानीले झन्डै दुई दर्जन विखण्डनकारी पार्टीहरुको छाता संगठन अल पार्टिज हुरियत कन्फरेन्सको नेतृत्व गरेका थिए । उनले कश्मिरबारे हुने जुनसुकै वार्ताको विरोध गर्थे ।

भारत र पाकिस्तानले मुसलमानहरुको बाहुल्यता रहेको कश्मिरलाई आ–आफ्नो दाबी गर्दै आएका छन् । विखण्डनकारी आन्दोलनका कारण भारत प्रशासित कश्मिर विगत तीन दशकदेखि अशान्त छ ।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top