कोरोनाबाट २० महिनाकी बालिकासहित दुईको मृत्यु

१६ भदौ ७८, बिहीबार

१७ भदौ, खोटाङ ।

कोभिड–१९ को संक्रमणका कारण खोटाङमा २० महिनाकी बालिका र वृद्धको मृत्यु भएको छ ।

कोभिडबाट रावाबेँसी गाउँपालिका–२ खार्पाकी २० महिनाकी बालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका श्रेष्ठ थरका वृद्धको मृत्यु भएको हो ।

बालिकाको बुधबार बेलुका घरैमा र वृद्धको अस्थायी कोभिड अस्पताल दिक्तेलमा मृत्यु भएको हो । यससँगै जिल्लामा कोभिड संक्रमणका कारण मुत्यु हुनेको संख्या १४ पुगेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।

बुवाआमालाई संक्रमण भएपछि एन्टीजेन परिक्षण गर्दा बालिकालाई पनि संक्रमण पुष्टि भएको थियो । हरम्टारस्थित अस्थायी कोभिड अस्पतालमा पुर्याइए पनि निको नहुने भन्दै रेफर गरेपछि बुधबार बिहान घर ल्याइएकी बालिकाको बेलुका मृत्यु भएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लीलानाथ निरौलाले बताए ।

यस्तै, १५ भदौमा अस्थायी कोभिड अस्पताल दिक्तेलमा भर्ना भएका वृद्धको श्वास–प्रश्वासमा समस्या भएपछि मृत्यु भएको हो । कडा निमोनियाका कारण फोक्सोमा गम्भीर समस्या निम्तिएपछि वृद्धको मृत्यु भएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकले बताए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top