फिल्म सुटिङका लागि अमिताभ बच्चन नेपाल आउँदै

१८ भदाै, काठमाडौं ।

बलिउड अभिनेता अमिताभ बच्चन फिल्म सुटिङका लागि गर्न नेपाल आउने भएका छन् । उनी ‘उचाईँ’ नामक फिल्मको सुटिङका लागि नेपाल आउन लागेकाे भारतीय मिडियामा उल्लेख गरेका छन्। सुटिङका लागि उनीसहित कलाकारहरु बोमन इरानी, परिणिती चोपडा, अनुपम खेर, निना गुप्ता नेपाल आउँदैछन् ।

‘प्रेम रतन धन पायो’ फेम्ड निर्देशक सूरज बडजात्याले याे फिल्मकाे निर्देशन गर्ने छन् । फिल्मको हिमाली क्षेत्रमा सुटिङ गर्नुपर्ने भएकाले निर्देशक बडजात्याले नेपाललाई रोजेको जनाइएकाे छ ।

राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् । कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन् ।

फिल्मको छायांकनको विषयमा छलफल गर्न केही समय अगाडि निर्देशक बडजात्या नेपाल आएका थिए । करीब दुई साता नेपाल बसेर उनले छायांकन स्थलको टुंगो लगाएका हुन् । फिल्मको छायांकन अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनी थ्री ह्विलर्सले सञ्चार मन्त्रालयसँग अनुमति मागेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top