शेखर कोइरालाले भने– गुटका कारण पार्टी कमजोर बन्यो

१८ भदौ, काठमाडौं ।

Advertisement

आजबाट सुरुहुन लागेको नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई पर्वका रुपमा लिएर सफल बनाउन शेखर कोइरालाले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

केन्द्रीय सदस्य कोइरालाले १४ औं महाधिवेशन उत्सवमात्र नभई जिम्मेवार र विवेकपूर्ण निर्णय गर्ने समयसमेत भएकाले उत्साहका साथ सहभागी हुन आग्रह गरेका हुन्।

Advertisement

‘कांग्रेसको १४औं महाधिवेशन उत्सवका रुपमा मात्र हाम्रो सामु आएको छैन, महाधिवेशनले हामी लोकतन्त्रवादीहरुलाई जिम्मेवार र विवेकपूर्ण रुपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घच्याइरहेको छ,’ कोइरालाले भनेका छन्, ’महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको छ। चरणवद्ध रुपमा हुने निर्वाचनहरुमा यसतर्फ साथीहरुले गम्भीरतापूर्वक मनन् गर्नु नै हुनेछ।’

कोइरालाले कांग्रेसमा गुट र विभाजनको स्थायी चरित्रका कारण कम्युनिस्टभन्दा कमजोर पार्टी बन्न पुगेको उल्लेख गर्दै त्यसलाई चिर्दै अब एक नम्बरको पार्टी बनाउने जिम्मेवारी रहेको बताएका छन्।

Advertisement

नेपाली कांग्रेसको चौधौं महाधिवेशन ‘उत्सव’का रुपमा आएको उनको भनाइ छ। विधानले व्यवस्था गरेका सबै तहका निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधिहरु चयन गर्ने उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top