बलात्कार आरोपित मन्त्री शाही भन्छन्- पाँच करोडको योजना नदिँदा भिडियो सार्वजनिक

काठमाडौं : बलात्कार आरोपित कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले ५ करोडको योजना दिन नसकदा दुई वर्षअघिको भिडियो सार्वजनिक गरिएको आरोप लगाएका छन् । उनले दुई वर्षको अवधिमा पीडित भनिएकी महिलाका पतिले विभिन्न ठाउँबाट आफ्नो नाम बेचेर ४२ लाख ५० हजार रुपैयाँ लिएको पनि बताएका छन् ।

Advertisement

‘मन्त्रीमाथि बलात्कार आरोप’ शीर्षकमा समाचार प्रकाशित भएपछि कृषिमन्त्री शाहीले यसरी पीडित पक्षलाई विभिन्न् आरोप लगाएका छन् । मन्त्री शाहीले पीडित युवतीका पतिले विभिन्न व्यक्तिबाट कमिसन लिएको, एक गाउँपालिका उपाध्यक्षसँग आफ्नो सम्बन्ध रहेको आरोप लगाएको, आफ्नो छोरालाई विद्यालयबाटै अपहरण गरेको लगायतको आरोप लगाएका छन् । मन्त्री शाहीले पीडित पक्षलाई विभिन्न आरोप लगाएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

‘आफू मन्त्री भएपछि पीडित महिलाका पतिले ५ करोडको योजना मागेको थियो । योजना नहाल्दा दुई वर्षअघिको भिडियो सार्वजनिक गर्यो,’ मन्त्रीको अडियो रेकर्डमा भनिएको छ, ‘स्वाकीय सचिव नबनाएको झोकमा पनि भिडियो बाहिर आएको हो।’ मन्त्री शाहीले पीडित महिलाका पतिले विभिन्न व्यक्तिबाट झन्डै ५० लाख रुपैयाँ नगद लिएको दाबी गरेका छन् ।

Advertisement

उनले अडियोमा भनेअनुसार कालीकोटको शुभकालिका गाउँपालिका ६ का वस्रेन्द्र आचार्यबाट कृषि भवनको योजना पारिदिने भन्दै ५ लाख रुपैयाँ लिएको , सोही वडाका माओवादी नेता दर्शन भनिनेबाट ६ लाख रुपौयाँ लिएको, शुभकालिका गाउँपालिका ६ हाउडीको सडक सर्भे गरेबापत ९ लाख रुपैयाँ पलएको उल्लेख छ ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top