×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

लुम्बिनीका दुःख : २५ अर्ब लगानीका होटल छन् तर पर्यटक छैनन्

२० भाद्र २०७८

२० भदौ, रुपन्देही ।

भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो ।

Advertisement

त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका भने छैनन् । रुपन्देहीका होटलमा मात्र झण्डै रु २५ अर्बको लगानी छ ।

यहाँ साना ठूला गरी दुई हजार ५०० होटल छन् । त्यसमध्ये १५० भन्दा बढी स्तरीय होटल सञ्चालनमा रहेको होटल व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम बताउँछन् ।

अध्यक्ष गौतमका अनुसार अन्तरराष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनपछि यहाँको पर्यटन व्यवसाय फस्टाउने अपेक्षाले यो क्षेत्र लगानीकर्ताका लागि आकर्षणको केन्द्र बनेको छ ।

पछिल्लो दुई वर्षमा यहाँ एक सय होटल थपिएका छन् तर कोरोना भाइरस महामारीका कारण यहाँ सञ्चालनमा रहेका पर्यटन व्यवसाय भने धरासायी बन्दै गएको अध्यक्ष गौतमको भनाइ छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा मात्रै साना ठूला गरी १२४ होटल तथा रेष्टुरेण्ट छन् । तीन वटा होटल निर्माणाधीन अवस्थामा छन् । कोरोनाको असरले लामो समय बन्द गर्नुपरेपछि कतिपय व्यवसायीले होटल बिक्री गरेका छन् ।

होटलको चर्को ब्याज तथा कर्मचारीलाई पारिश्रमिक दिन समस्या भएपछि केही सञ्चालक होटल छाडेरसमेत हिँडेका छन् । पर्यटनसँग जोडिएका होटल, ट्राभल एजेन्सी तथा अन्य साना व्यवसायसमेत प्रभावित भएका छन् ।

लुम्बिनी क्षेत्रमा सम्पन्न भएका र अन्तिमचरणमा रहेका केही ठूला पूर्वाधारका कारण यहाँ पर्यटनको अपार सम्भावना देखेर हौसिएका लगानीकर्ता यतिखेर निराश छन् । केही विदेशी र अधिकांश ठूला स्वदेशी लगानीकर्ताले निर्माण गरेका तारे होटल पनि अहिले खाली छन् ।

कोरोना महामारीका कारण लामो समय बन्द भएका होटल पहिलेकै अवस्थामा सञ्चालन गर्ने अवस्था छ्रैन । कोरोना भाइरस सङक्रमण पछिको अवस्थामा होटल स्यानिटाइजेसन, शुद्ध र शक्तिबद्र्धक खानाको छनोट जस्ता विषयमा पर्यटन व्यवसायी र कर्मचारीलाई प्रशिक्षण आवश्यक छ ।

यस्ता विषयमा ध्यान पु¥याएर आतिथ्य दिँदा पर्यटकमा सकारात्मक सन्देश जाने भएकाले सरकारले प्रशिक्षण तथा अभिमूखीकरण कार्यक्रमको आयोजना गर्न लुम्बिनी होटल सङ्घका महासचिव लीलामणि शर्माको आग्रह छ ।

अहिले दैनिक एक हजारको हाराहारीमा पर्यटक लुम्बिनी घुम्न आए पनि दिनभर घुमेर रात नबिताइ फर्किंदा यहाँका पर्यटन व्यवसायीले लाभ लिन नसकेको लुम्बिनी होटल व्यवसायी सङ्घका महासचिव शर्मा बताउँछन् ।

‘कोरोना सङ्क्रमणका कारण आन्तरिक पर्यटकले रात बितााउँदैनन्, विदेशी पर्यटक आउन चाहेर पनि पाएका छैनन्, पोल्यान्ड, फ्रान्स, जर्मनी, इटलीलगयतका देशका पर्यटक बुद्धजन्मस्थल आउन इच्छुक छन्, फोन गरेरै अन्तरराष्ट्रिय उडान खुल्ने वित्तिकै आउँछौं भनेका छन् तर महामारी नहटेसम्म आउने अवस्था छैन’, शर्माले भने ।

भर्खरै सम्पन्न भएर परीक्षण उडानको तयारीमा रहेको गौतमबुद्ध विमानस्थल, बुटवल– भैरहवा तथा भैरहवा–लुम्बिनी–तौलिहवा चार लेन सडक, वेथरी–वेलवास चार लेन सडक र निर्माणाधीन बुटवल–नारायणगढ छ लेन सडक, बुटवलमा निर्माणाधीन अन्तरराष्ट्रिय सभाहल र प्रदर्शनी केन्द्र, लुम्बिनीमा पाँच हजार क्षमताको सभाहललगायतका ठूला पूर्वाधारले यहाँ लगानीकर्ताको ध्यान तानिएको हो ।

भैरहवादेखि सात किलोमिटर उत्तर चिल्हियामा बाउन्नकोटी सामुदायिक वन नजिकै रु पाँच अर्बभन्दा बढी लगानीमा टाइगर प्यालेस पाँचतारे होटल सञ्चालनमा छ । कोरोना महामारीका कारण लामो समय बन्द अवस्थामा रहे पनि यो होटल यस क्षेत्रको ठूलो होटलका रुपमा रहेको छ । व्यवसायी पवन हलुवाईसहितको तीन अर्ब लगानीमा लुम्बिनीमा अर्को पाँचतारे पवन प्यालेस इन्टरनेसनल होटल सञ्चालनमा छ ।

यसैगरी डेढ अर्बभन्दा बढी लगानीमा पाँचतारेस्तरको लुम्बिनीमै बुद्धमाया र जापानी नागरिक नोबुओ कासाईको करिब डेढ अर्ब बढी लगानीमा अर्को पाँचतारे होटल कासाई पनि सञ्चालनमा छ ।

त्यसैगरी लुम्बिनीमै एक अर्बभन्दा बढी लगानी रहेको होटल होक्के, लुम्बिनी गार्डेन र न्यु क्रिस्टल होटल पनि सञ्चालनमा छन् । भैरहवा परासी सडकखण्डको वसन्तपुरमा रहेको बोधी रेडसन होटलमा पनि एक अर्बभन्दा बढी लगानी रहेको छ । मणिग्राममा एक अर्बभन्दा बढी लगानीमा ड्रिम ल्यान्ड गोल्ड रिसोर्ट सञ्चालनमा छ ।

यसैगरी लुम्बिनीमै होटल जाम्बला, बुद्धमाया प्यालेस, ब्याम्बो रिसोर्टजस्ता ५० करोडभन्दा बढी लगानीका सुविधासम्पन्न होटल सञ्चालनमा छन् । लुम्बिनीमै आनन्द ईन, लिटल बुद्ध, पिस ल्यान्ड, लुम्बिनी गेस्ट हाउस, मायादेवी गेस्ट हाउस, सिद्धार्थ गेस्ट हाउस, होटल अशोकाइन, आकाश इन्टरनेसनल, स्तुप, शाक्य गेस्ट हाउस, होली बर्थ, मिराजइन, आदर्शइन, हाम्रो गेस्ट हाउस, लुम्बिनी ग्रिन भ्यु, सेभेनस्टप गेस्ट हाउस, बेबिलोन, सुरम्मा, बुद्ध इन्टरनेसनल, बुद्ध प्यालेस, सनफ्लावर, बुद्ध रेजेन्सी, जयबुद्धजस्ता ७० भन्दा बढी पर्यटकीय होटल सञ्चालनमा छन् ।

लुम्बिनीका होटलमा मात्रै एक रातमा १० हजार बढी पर्यटकलाई राख्न सकिने क्षमता छ । पछिल्लो समय करिब एक अर्ब लगानीमा छपियामा होटल लुम्बिनी पिस प्यालेस र ५० करोडभन्दा बढी लगानीमा बुटवलमा होटल फ्लामिङ्गो सञ्चालनमा आएका छन् । यी दुबै होटल कोरोना महामारीकैबीच सञ्चालनमा आएका हुन् ।

त्यसैगरी रु ५० करोड हाराहारी लगानीमा भैरहवाको होटल नान्स, होटल निर्वाणा, बुटवलमा ४० करोड बढी लगानीका क्लब डेनोभो, होटल एभिन्यु, डारसिस, टुलिप, महाराजा, दरबार लन्जलगायतका होटल सञ्चालनमा छन् ।

भैरहवामा पाँच करोडभन्दा माथि लगानी गरिएका होटल यती, अशोका, पौवा, क्यासल, ह्वाइट लोटस, सिटी म्याक्स, सिटी सेन्टर, लाकौल इन, होटल लाकौल, एसआर, प्रकाश एण्ड प्रकाश, पटवा बैंकक्वेट, जोशी, सिटी सेन्टर, माउन्ट एभरेस्ट, मानसरोवर, ममता, कोटिहवाको यती पार्टी प्यालेस, पवन इन्टरनेसनल र मणिग्राममा होटल मदानी सञ्चालनमा छन् ।

बुटवलमा रु पाँच करोडभन्दा बढी लगानीका आरम्भ रिसोर्ट, सिद्धार्थ कटेज, लक्ष्मी होटल, दरबार होटल, न्यु इरा, सिन्दूर, एसियन, आम्रपाली कटेज, दियालो, मिराज, बृन्दाबन छन् ।

छपियामा एक जना कृषकले रु २० करोडको लागतमा फिस रिसोर्ट सञ्चालन गरेका छन् । टेकनाथ बस्यालले डाइभरटोलमा ८५ फिट अग्लो १५ करोडको लागतमा निर्माण भएको शङ्कर टावरमा होटल एसआर सञ्चालन गरिरहेका छन् ।

अजय चौधरीले कानपारामा करोडौँ रुपैयाँको लगानीमा एग्रो रिसोर्ट सञ्चालन गरिरहेका छन् । बसेनि झण्डै १६ लाख पर्यटकले भ्रमण गर्ने लुम्बिनीमा दुई वर्षदेखि विदेशी पर्यटकको सङ्ख्या शून्य सरह छ । सबैभन्दा धेरै पर्यटक भित्रिने श्रीलङ्का, थाइल्याण्ड, म्यानमार र चीनबाट पर्यटक आउन चाहेर पनि पाएनन् ।

कोरोना महामारीका बाबजुद छिमेकीमूलुक भारत हुँदै श्रीलङ्काबाट तीन जना म्यानमारबाट एक जना र चीनबाट ३२ जना पर्यटक लुम्बिनी आए ।

बुद्धको जन्मस्थल भएका कारण आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने अपेक्षाले यहाँ लगानी गर्न लगानीकर्ता हौसिन्छन् तर लगानीकर्ताको लगानी गर्दाको उत्साह पर्यटक आगमन कम भएपछि निराशामा परिणत भइदिन्छ ।

जग्गा किनेर होटल बनाएकाको छोड्ने अवस्था छैन तर भाडामा लिएका कतिपयले भने किनबेच गरिहेका छन् । सरकारले पर्यटकीय गन्तव्यका सडक चार लेनमा विस्तार गर्ने, चीनको रेल केरुङबाट काठमाडौँ, पोखरा हुँदै लुम्बिनी ल्याउने, भारतबाट काठमाडौँसम्म रेल ल्याउने, थप तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नेलगायत महत्वाकांक्षी योजना सार्वजनिक गरेपछि मुलुकमा पर्यटनको लहर आउने विश्वासले पनि लगानीकर्तालाई होटल व्यवसायमा आकर्षित गरिदियो तर लगानी उठाउन सक्ने अवस्था नहुँदा व्यवसायी निराश छन् ।

पर्यटन नीतिमा पर्यटन उद्योगको क्षेत्रमा उत्पन्न हुने विषम तथा असहज परिस्थितिमा पर्यटन उद्योगलाई व्यावसायिक रूपमा सञ्चालन गर्न विशेष सहुलियतसहितको राहत प्याकेज कार्यक्रम लागू गरिने भनिए पनि अहिलेसम्म केही नपाएको व्यवसायी गुनासो गर्छन ।

कोरोनाका कारण व्यवसायीले बैंकको ब्याज तिर्न सक्ने अवस्था नभएकाले बैंकको ब्याजमा सहुलियत दिनुपर्ने र पुनः कर्जाको व्यवस्था गरिदिनुपर्ने पर्यटन व्यवसायी अकरामुद्धिन खानको भनाइ छ ।

पर्यटन नीतिमा नेपालका धार्मिक पर्यटकीय गन्तव्यलाई आध्यात्मिक एवं तीर्थाटनको केन्द्रको रूपमा विकास गरी त्यसमा नियमन गरिने, भगवान् गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्म, दर्शन एवं अन्तर्राष्ट्रिय शान्ति र आध्यात्मिक शान्ति केन्द्रको रूपमा विकास गरी विश्वव्यापी प्रवद्र्धन गरिने उल्लेख छ ।

Advertisement

यसैगरी बुद्धको जीवनीसँग सम्बन्धित लुम्बिनी आसपासका क्षेत्र (तिलौराकोट, रामग्राम, देवदह, कोटीहवा, निग्लिहवा, सगरहवा, अरौराकोट, कुदान, सिसानिया) लाई बौद्ध उपपरिपथका रूपमा एकीकृत विकास एवं प्रबद्र्धन गरिने उल्लेख छ तर यी स्थलमा पर्यटनमैत्री संरचना र पूर्वाधार निर्माणका काम नहुँदा अधिकांश पर्यटक लुम्बिनीबाटै फर्कने गरेका छन् । रासस

भर्खरको समाचार

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

सम्बन्धित खबरहरु

Scroll to Top