२१ भदौ, काठमाडौँ ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन सोमबार तोलामा १ सय रुपैयाँले घटेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य स्थिर छ । सोमबार चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भैरहेको छ ।

