नारायणहिटीमा बेलायती महारानीले उपहार दिएको सुनौलो बग्गी सार्वजनिक

२१ भदौ, काठमाडौं ।

Advertisement

तत्कालिन समयमा बेलायती महारानीले उपहार दिएको सुनौलो बग्गी सार्वजनिक गरिएको छ । तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार बिहान नारायणहिटी दरबार संग्रहालयमा सार्वजनिक गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरे ।यो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएकी थिइन् । सो बग्गी तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरिएको थियो ।

Advertisement

कार्यक्रममा दिइएको जानकारीअनुसार यस्तै खालको अर्को बग्गी बकिंघम दरबारमा छ । जुन महारानी एलिजावेथ चढ्ने गर्छिन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top