खोप लगाउन बाँकी निजामति कर्मचारीले लगाए खोप

२१ भदाै, काठमाडाैँ ।

Advertisement

निजामति कर्मचारीहरुले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन । सोमबार निजामति सेवा दिवस २०७८ को अवसर पारेर निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन ।

कर्मचारीहरुले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य पाउनुपर्ने दबाव दिएको र सरकारले पनि सबैलाई भ्याक्सिन उपलब्ध गराउने उद्देश्य रहेकोले खोप लगाउन बाँकी रहेका तथा छुटेका निजामति कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले जानकारी दिए । उनले पहिला सरकारले निजामति कर्मचारीहरुलाई भ्याक्सिन लगाउनु भन्दा कोहीले डराएर र कोहीले बाध्यतावस उपस्थिती जनाउन नसक्दा अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिनबाट वञ्चित भएको बताए ।

Advertisement

कार्यवाहक अध्यक्ष पोखरेलले भने, ‘निजामति कर्मचारी अरुलाई खोप लगाइदिने संयन्त्र हो, कोभिडको महामारीमा परेका जनतालाई व्यापक रुपमा खोप सञ्चालन गर्ने सरकारको योजना छ, सबैलाई खोप उपलब्ध गराउने सम्माननीय प्रधानमन्त्रीको मुख्य उद्देश्य छ र त्यसको प्रमुख संयन्त्रको रुपमा रहेको निजामति प्रशासन भित्र रहेका कर्मचारीहरु, खासगरी फ्रन्टलाइनरको विषयमा सबैलाई भ्याक्सिन पुर्याउने लक्ष्य राखिएको छ, र हामी सबै ठाउँमा निजामति सेवा दिवस मुल समारोह समितिको बैठकमा मैले सबै कर्मचारीहरुलाई भ्याक्सिन उपलब्ध गराउनुपर्यो भनेर माग गरिसकेपछि यसमा सबैसचिव ज्यूहरुको सर्वसम्मत सहमतिमा आज निजामति सेवा दिवसको अवसर पारेर भ्याक्सिन लगाउनबाट वञ्चित भएका कर्मचारीहरुलाई उपत्यकामा सिंहदरवारमा भ्याक्सिन उपलब्ध गराउने र तल जिल्लाहरुमा पनि सिडिओ कार्यालयहरु मार्फत् भ्याक्सिन लगाउन नपाएका कर्मचारीहरुलाई प्राथमिकता दिएर भ्याक्सिन लगाउन हाम्रो निर्देशन पनि छ, त्यस अन्तर्गत आज केन्द्रिय कार्यालयले केन्द्रिय सचिवालयमा भ्याक्सिन लगाउने कार्यक्रम गरेको छ, टेन्टीटिब्ली हामीले अनुमान गरेको, हामीलाई धेरै प्रेसर पनि आयो, एक हजार जति सिंहदरवार भित्रका कर्मचारीले भ्याक्सिन लगाएका छैनन् भन्ने कुरा छ, त्यो कस्ता मानिसले लगाएनन् भन्दा जसको भ्याक्सिनमा पहुँच भएन, कार्यालयमा छ भ्याक्सिन लगाउने ठाउँसम्म पुग्ने अवसर पाएनन्, कतिले डराएर पनि कर्मचारीले भ्याक्सिन लगाएनन् र आम मानिससँग गएर भ्याक्सिन लगाउने समय पनि नभएको हुनाले अहिले सबै साथीहरुलाई भ्याक्सिन लगाउने, छुट्नुभयो भने फेरि निजामति अस्पताल र प्रसूती गृहमा काठमाडौंको जनस्वास्थ्य कार्यालयबाट भ्याक्सिन लगाउने व्यवस्था गरिएको छ ।’

कार्यवाहक अध्यक्ष पोखरेलले पहिलो डोज नलगाएका निजामति कर्मचारीलाई पहिलो र पहिलो लगाएर दोस्रो डोजको प्रतिक्षामा रहेकाहरुलाई पनि भ्याक्सिन उपलब्ध गराएको बताए । कोरोनाविरुद्धको भ्याक्सिन लगाउन बाँकी रहेका सबै निजामति कर्मचारीहरुले काठमाडौंमा सिंहदरवार र बाहिरी जिल्लाहरुमा सिडिओ कार्यालबाट लगाउन सक्नेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top