×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नासुकाे अन्तरवार्ता स्थगित सूचनाले परीक्षार्थी अन्योलमा

२१ भाद्र २०७८

२१ भदाै, काठमाडौँ ।

लोकसेवा आयोगले राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्बा (नासु) पदको अन्तर्वार्ता स्थगित गर्दा देशैभरिका परीक्षार्थी अन्योलमा परेका छन् । आयोगले २० गते अन्तर्वार्ता स्थगितको सूचना गरेको थियो ।

Advertisement
Advertisement

यही भदौ ११ गते नायबसुब्बा पदको कम्प्युटर सीप परीक्षण लिई अन्तरवार्ता शुरु गरेको आयोगले अन्तर्वार्ताकै बीचमा स्थगितको सूचना जारी गर्दा उनीहरू अहिले अन्योलमा परेका हुन् । विभिन्न सेवा समूहअन्तर्गत लिइएको नायब सुब्बा पदको अन्तर्वार्तामा सामेल भएका केही परीक्षार्थीले अन्तर्वार्ता सम्पन्न गरिसकेका छन् भने केही परीक्षार्थीले वञ्चित हुनुपरेको छ ।

एक्कासि अन्तरवार्ता स्थगित हुँदा निराश भएर फर्कनुपरेको लोकसेवा आयोग सुर्खेत कार्यालयमा भेटिएका परीक्षार्थी रमेशकुमार सिंहले गुनासो पोखे । राजस्वतर्फका १४ जनामध्ये सात जनाले आइतबार अन्तर्वार्ता दिएको तर आफूलगायत बाँकी सात जना अन्तर्वार्ता दिनबाट वञ्चित भएको उनले पीडा व्यक्त गरे ।

सँगैका साथीले सम्पन्न गरेको अन्तरवार्ता दिन नपाउँदा खल्लो महसुस भएको दुखेसो पोख्दै उहाँले भने, “विभिन्न आरोह अवरोह यात्रा गर्दै मुलुकका दुर्गम ठाउँबाट पैसा खर्चेर परीक्षार्थी अन्तरवार्ता दिन आएका छन् । बीचैमा अन्तर्वार्ता रोकियो । यसले हामीलाई न यता न उता बनायो । अन्तरवार्ता दिन लगाएर बरु सिफारिस गर्न मात्र रोके कति जाति हुन्थ्यो होला र?”

यही भदौ ११ गते शुक्रवार स्थानीय तथा प्रदेशमा समायोजन भएका नायबसुब्बाले आफूहरूलाई सङ्घमा नै समायोजन गर्नुपर्ने भनी सर्वोच्च अदालतमा रिट दर्ता गरेपछि सर्वोच्च अदालतले नासुको पदपूर्ति यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । तत्कालीन समायोजनका बेला आफूलाई अन्याय पारिएको भन्दै उनीहरूले लोकसेवा आयोगलाई विपक्षी बनाएर अदालतमा रिट निवेदन दायर गरेका थिए ।

सो रिटमाथि भदौ १७ गते बिहीबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पेसी मितिसम्म पदपूर्तिसम्बन्धी काम कारबाही यथास्थितिमा राख्न लोकसेवा आयोगका नाममा आदेश जारी गरेको थियो । अदालतले भदौ ३० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

आयोगले स्थगित गरेको अन्तर्वार्ताका कारण आयोगको धनकुटा कार्यालयबाट राजश्वतर्फ अन्तर्वार्ता दिँदै गरेका ६२, काठमाडौँ कार्यालयबाट राजस्व एवं लेखातर्फ ८५/८५ र सामान्य प्रशासनतर्फ ९, पोखरा कार्यालयबाट लेखातर्फ ४३, राजस्वतर्फ ५३, सुर्खेत कार्यालयबाट राजस्वतर्फ सात, जलेश्वर कार्यालयबाट सामान्य प्रशासनतर्फ ५४, लेखा २३ र राजस्वतर्फ १७ र बुटवल कार्यालयबाट सामान्य प्रशासनतर्फ ११, लेखातर्फ ३४ र राजस्वतर्फ ७२ गरी कूल जम्मा ५५५ जना परीक्षार्थी अन्योलमा परेका छन् ।

यस विषयमा लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले सर्वोच्च अदालतको आधिकारिक लिखित पत्र आयोगमा आइतबार तामेली भएसँगै त्यसको आदेश पालना गर्न हिजो नै बैठक बसेर अन्तर्वार्ता स्थगित गरिएको जानकारी दिए । प्रवक्ता सुवेदीले अप्राविधिकतर्फको अन्तर्वार्ता मात्र रोकिएको बताए ।

“मिडियामा १७ गते नासु तहको अप्राविधिकतर्फका सबै गतिविधि यथास्थितिमा राख्न भनिएको अन्तरिम आदेशको समाचार प्रकाशन भए पनि आयोगमा आधिकारिक लिखित पत्र आइतबार नै आयो”, उनले भने, “कर्मचारीको समायोजनप्रतिको असन्तुष्टिका कारण परेको रिट निवेदनलाई लिएर अदालतले अन्तरिम आदेश गरेको हो । परीक्षा जहाँबाट रोकिएको हो, त्यहीबाट सुरु हुन्छ ।”

Advertisement

यसमा आयोगको कुनै पनि प्रक्रियामा त्रुटि नरहेको उहाँले दाबी गरे। यता पीडित परीक्षार्थी तथा रिट निवेदक कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनका क्रममा गरेको तत्कालीन त्रुटिका कारण उब्जेको समस्याबाट आफू मारमा परेको बताउँदै आएका छन् । रासस

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top