थप १,८९७ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

२१ भदौ, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा १,८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७४३ जना निको भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७० हजार ७७९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ भने ७ लाख २८ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ जना रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top