नेकपा एसका विद्यार्थीद्वारा गृहमन्त्री खाँणको पुत्ला दहन

२१ भदाै, काठमाडाैँ ।
नेकपा(एकीकृत समाजवादी) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ । सत्तारुढ गठबन्धनभित्रैको माधवकुमार नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) निकट नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले गृहमन्त्री खाँणले वाक स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी भारतको विरोध नर्गन विज्ञप्ति जारी गरेको भन्दै सोमवार गृहमन्त्री खाँणको पुत्ला दहन गरेको हो ।

अनेरास्ववियू विश्वविद्यालय राष्ट्रिय कमिटीहरुको आयोजनामा नेपाल कमर्श क्याम्पस मिनभवनमा गृहमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा नाराबाजीसहित एमसीसी सम्झौताको पनि चर्को विरोध गरिएको थियो । विरोध प्रदर्शनमा बोल्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हिजो तानाशाह विरुद्ध लडेका गृहमन्त्रीलाई कुन प्रभुले सिकाएर विज्ञप्ति लेख्ने आँट आयो भन्ने प्रश्न गरे । उनले गृहमन्त्री खाँणले भारतलाई रिझाउनका लागिविज्ञप्ति निकालिएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा आफुहरुकै समर्थनमा प्रधानमन्त्री बनेको भएपनि एमसीसी सम्झौता पारित गर्ने पहल गरेको भन्दै उनले एमसीसी सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे।उनले भने- ‘हामी बालकृष्ण खाँणलाई सोध्न चाहान्छौँ, हिजो राजाको विरुद्धमा लड्दै गर्दा हिजो केपी ओलीले तानाशाही कदम चाले, संविधान च्याते, संसद भत्काए भन्ने बालकृष्ण खाँणलाई यो कुनचाही प्रभुले सिकाएर यो विज्ञप्ति लेख्न तपाईलाई आँट आयो ? किन यस्तो भारतलाई रिझाउने र नरेन्द्र मोदीको गुलाम गर्ने विज्ञप्ति निकाल्नु हुँदैछ ? प्रधानमन्त्री देउवा हाम्रै बलमा प्रधानमन्त्री हुनुभएको छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गर्ने पहल गरिरहनुभएको छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता किमार्थ सम्भव छैन । राष्ट्रघाती सम्झौता स्वीकार्य छैन ।’

प्रदर्शनमा गृहमन्त्री राजीनामा दे, एमसीसी खारेज गर, भारतीय बिस्तारवाद मुर्दावाद, राष्ट्रघाती सम्झौता खारेज गर, सिमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे भनि नाराबाजी समेत गरिएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top