NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ? बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो बुधबार भदौ १८ , २०८२
पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै बुधबार भदौ १८ , २०८२
Next
Prev

समाचार

जनकपुर चुरोट कारखानाको विद्युत् गृह र छापाखाना पुनः सञ्चालन गर्ने तयारी

बुधबार भदौ २३ , २०७८
Reading Time: 1 min read
A A
जनकपुर चुरोट कारखानाको विद्युत् गृह र छापाखाना पुनः सञ्चालन गर्ने तयारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ भदाै, धनुषा।

प्रदेश नं २ सरकारले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि)को विद्युत्गृह र छापाखाना पुनः सञ्चालन गर्ने भएको छ । जचुकालि बन्द भएसँगै प्रयोगविहीन भएको विद्युत्गृह र छापाखानालाई सञ्चालनमा ल्याउन प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पहल थालेको हो ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्राविधिक, मन्त्रालयका कर्मचारीसहित केही दिन अघि विद्युत्गृह र छापाखानाको निरीक्षण गरेका थिए । निरीक्षणपछि प्राविधिकले समान्य मर्मतसम्भार गरे सञ्चालन गर्न सकिने बताएका थिए । जचुकालिको विद्युत्गृहमा पाँचवटा शक्तिशाली जेनरेटर छन् । उक्त विद्युत्गृह प्रदेश सरकारले सञ्चालन गर्न लागेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहले बताए ।

LS Auto

त्यसैगरी जचुकालिको रङ्गिन छापाखाना लामो समयदेखि प्रयोगविहीन रहेकाले सञ्चालन गर्न दिन सङ्घीय सरकारसँग आग्रह गरेको उनले बताए। विद्युत्गृह र छापाखाना लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घको उद्योग मन्त्रालयमा पत्रचार गरिसकेको मन्त्री साहले बताए ।

“विद्युत्गृह र छापाखाना सञ्चालनका लागि सङ्घीय सरकारलाई आग्रह गरेका छौँ”, मन्त्री साहले भने, “सङ्घीय सरकारले सकारात्मकरूपमा लिएको छ । सङ्घीय सरकारको मन्त्रिपरिषद् विस्तार भएपछि यो प्रक्रिया अगाडि बढ्नेछ ।” प्रदेश सरकारको आफ्ना छापाखाना नहुँदा बर्सेनि करोडौँ रुपैयाँ छपाइमा खर्च गर्दै आएको छ । आफ्नै छापाखाना भए उक्त खर्च कटौती हुने मन्त्री साहले बताए । चालु आर्थिक वर्षमा प्रदेश सरकारले छापाखानाका लागि बजेट छुट्याए पनि पहिलो प्राथमिकता जचुकालिको छापाखाना सञ्चालन गर्ने भएको उनको भनाइ छ । उनका अनुसार उक्त छापाखाना सञ्चालन गर्न नसके प्रदेश सरकारले आफ्नै नयाँ छापाखाना खरिद गर्नेछ ।

यस्तो छ जचुकालिको इतिहास

जनकपुर उपमहानगरपालिका–९ मा जचुकालि कारखाना रहेको छ । लगभग छ दशक पुरानो कारखाना अहिले बन्द छ । रुस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०२१ पुस २९ मा तत्कालीन राजा महेन्द्र शाहले कारखाना उद्घाटन गरेका थिए । कारखाना २०७० असार २० गतेदेखि बन्द छ । यद्यपि यहाँको उत्पादन भने २०६८ चैतदेखि नै बन्द भएको हो । सोभियत सङ्घको अनुदान तथा तत्कालीन अर्थमन्त्रीसमेत रहेका समाजसेवी रामनारायण मिश्रको प्रयासबाट २०१७ सालदेखि जचुकालि निर्माण कार्य सुरु भएको थियो । कारखाना स्थापनाको चुक्ता पुँजी रु चार करोड आठ लाख ३७ हजार थियो । कारखाना निर्माणका लागि सर्वसाधारणबाट जग्गा खरिद गरिएको थियो । सुरुमा ३०० कर्मचारीलाई भर्ना गरेर चुरोट कारखाना सञ्चालन गरिएको थियो ।

उत्पादन र काम पनि राम्रो बन्दै गएपछि २०४४ सालमा सबैभन्दा बढी चार हजार ७०० कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका थिए । विसं २०७० असार २० गते जचुकालिका कर्मचारीलाई अवकाश दिइएको थियो । तत्कालीन खिलराज रेग्मीको सरकारले कर्मचारीलाई पे–अफ गर्दै कारखाना बन्द गर्ने निर्णय गरेको थियो । कारखाना बन्द भएको बखत जचुकालिमा करिब साढे ७०० कर्मचारी कार्यरत थिए ।

कारखाना बन्दपछि जचुकालिको ३३ बिघा नौ कठ्ठा क्षेत्रफलको जग्गा र भौतिक संरचना उद्योग मन्त्रालयले पछि जिल्ला प्रशासन कार्यालय धनुषाको मातहतमा सारेको थियो । तीन भागमा छुट्याइएको क्षेत्रफलमा आठ बिघामा कारखानाको भवन, २० बिघामा आवास भवन र पाँच बिघामा गोदाम छ । कारखाना सञ्चालन भएका बेला कर्मचारीको आवासका लागि २५ वटा भवन बनाइएको थियो । ती भवनमा सयौँ कोठा छन् ।

कारखानाको जनकपुरमा मात्र नभई नेपालभरि २६ छुट्टाछुट्टै शहरमा जग्गा र दुई ठाउँमा कार्यालय भवन निर्माण गरिएका छन् । तीमध्ये जग्गा थुप्रै बिक्री भइसकेका छन् भने बाँकी रहेका पनि चौरका रूपमा प्रयोगविहीन छन् । बुटवलमा स्थापना गरिएको क्षेत्रीय कार्यालयको दुईतल्ले भवन हाल एक जना कुरुवाको भरमा प्रयोगविहीन अवस्थामा छ । नारायणगढमा रहेको भवन पनि प्रयोगमा छैन । धनुषा, महोत्तरी, विराटनगर, उदयपुर, वीरगञ्ज, पोखरा, नारायणघाट, नेपालगञ्ज, सुर्खेत, दिपायल, सिन्धुली, धनगढीमा अहिले पनि कारखानाको अर्बौं मूल्यका जग्गा प्रयोगविहीन अवस्थामा छन् ।

यस क्षेत्रका किसान तथा सर्वसाधारणका लागि जीवनयापन गर्ने ठूलो साधनका रूपमा यो कारखानाको विकास भए पनि २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि कारखाना सञ्चालनमा राजनीतिक हस्तक्षेप बढ्दै जाँदा त्यहीँबाट यसको अवसान सुरु भएको कारखानाका अवकाश प्राप्त कर्मचारी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका गणेशबहादुर आले बताउँछन् ।

आलेका अनुसार सरकार परिवर्तन भएलगत्तै कारखानाको महाप्रबन्धक तथा सञ्चालक समितिका अध्यक्ष परिवर्तन गर्ने सरकारी नीतिले कारखाना धराशायी भएको हो । सफल बन्दै गएको र सरकारलाई पनि नियमित राजस्व तिर्दै गएको कारखानाको राजस्वमा पछि कमी आउन थालेपछि त्यसको प्रभाव हरेक क्षेत्रमा पर्न थाल्यो । यस क्षेत्रको विकासमा ठूलै योगदान दिन सक्ने जचुकालि धराशायी हुँदा उद्योग तथा व्यापारमा निकै नोक्सानी भएको यहाँका व्यापारी बताउँछन् ।

यस क्षेत्रकै पहिचानका रूपमा रहेको जचुकालि खारेज भइसक्दा पनि सरकारले यसका सम्पत्ति उचित व्यवस्थापन गर्न नसक्दा विनाश हुने क्रम बढेको हो । अहिले कारखानाको भवनमा प्रदेश २ को प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, प्रदेश सरकारको कार्यालय र मन्त्री निवास छ । सरकारले कारखाना सञ्चालन गर्न नसकेर बन्द भएपछि खाली रहेको भवनमा प्रदेशको कार्यालय स्थापना गरिएको छ । उद्योगको लगानी, भौतिक पूर्वाधार र उद्योगभित्र रहेको कच्चा पदार्थ संरक्षणका लागि सम्बन्धित निकाय मौन देखिएको स्थानीयवासीको गुनासो छ ।

अजय साह/रासस

लोकप्रीय

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

बुधबार भदौ १८ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२

विचार

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

बुधबार भदौ १८ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२

थप समाचार

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए
अन्तर्राष्ट्रिय

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो
ताजा समाचार

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

बुधबार भदौ १८ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै
अन्तर्राष्ट्रिय

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए
अन्तर्राष्ट्रिय

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

मङ्लबार भदौ १७ , २०८२

हालका पोस्टहरू

चिनियाँ परेड हेरेर फर्कदैँ ओली, सी–पुटिन–किम पहिलोपटक सँगै देखिए

चीन, रुस र उत्तरकोरियाको गठबन्धन बने के हुन्छ ?

बुधबार भदौ १८ , २०८२
मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

मिटरब्याजको साम्राज्य प्रहरीले भत्कायो, सुनका गहनामात्रै ९ किलो

बुधबार भदौ १८ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.