ओलीलाई भेट्न एमसिसीकी उपाध्यक्ष फतिमा बालकोटमा

२४ भदाै, काठमाडौँ ।

Advertisement

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।

उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्सको टोलीले सबैभन्दा पहिलो भेट अपरान्ह बालकोट पुगेर ओलीसँग गरेको हो । भेटमा एमालेका नेताहरू बिष्णु रिमाल र राजन भट्टराई पनि सहभागी छन्।

Advertisement

उनीहरु नेपालको चारदिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुगेका हुन् । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top