महालेखाले ३ दिनका लागि रोक्यो तलबभत्ता बाहेक बजेट निकासा

२४ भदाै, काठमाडौं ।

महालेखा नियन्त्रक कार्यालयले  तलब, भत्ता, निवृत्तभरण बाहेकका सबै बजेट निकासा ३ दिनका लागि रोकेको छ । कार्यालयले मातहतका निकायमा पत्राचार गर्दै भदौ २४ देखि २६ गतेसम्म सबै मतहतका कार्यालयमा बजेट निकासा नगर्न निर्देशन दिएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश नियन्त्रक कार्यालय र प्रदेश इकाइ कार्यालयहरुलाई पत्र लेखेर मातहतका कार्यालयलाई निकासा नदिन भनेका छ । पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७८/७९ को नेपाल सरकारको बजेट निकासा सम्बन्धमा तलब, भत्ता र निवृत्तिभरणबाहेकको कुनै पनि बजेट निकासा बिहीबारदेखि शनिबारसम्म नगराउनु होला ।’

परिवर्तन भएका कार्यक्रममा बजेट निकासा गरेमा बजेट माग गर्ने र निकासा दिने अधिकारी जिम्मेवार बन्नुपर्ने महालेखाले सचेत गराएको छ ।

अध्यादेशबाट आएको बजेट प्रतिस्थापन विधेयकमार्फत केही कार्याक्रम परिवर्तन भएकाले सम्बन्धित निकायहरुलाई बजेट निकासा गर्न निर्देशन दिएको महालेखाले जनाएको छ । परिवर्तन भएका कार्याक्रममा बजेट निकासा गर्न नमिल्ने भएकाले कार्यालयले अनिवार्य खर्चबाहेक अन्य खर्चमा रोक लगाएको हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top