कांग्रेसलाई लगातार तीन निर्वाचनमा जिताउन महामन्त्रीमा उम्मेदवारी : विश्वप्रकाश शर्मा

२४ भदाै, काठमाडौं।

Advertisement

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार सुन्दरीजल पुगेर उनले उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै शर्माले कांग्रेसलाई तीनवटा निर्वाचन जिताउन महामन्त्रीमा आफ्नो उम्मेदवारी रहेको बताए। उनले भने,  ‘नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट नेपाली कांग्रेसको महामन्त्रीको जिम्मेवारीमा तपाईंहरु सबैको साथ सहयोग र समर्थन लिएर एउटा सपनाको साथ नेपाली कांग्रेसलाई ड्राइभ गर्नुपर्छ भन्ने घोषणा गर्न चाहन्छु, ताकि नेपाली कांग्रेसले तीनवटा निर्वाचन लगातार जितेर देशलाई एउटा बाटो दिनुपर्छ। नेपाली कांग्रेसले त्यो बाटो दिनुपर्ने कर्तव्यलाई गम्भीरतापूर्वक बुझ्नुपर्छ ।’

Advertisement

कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई आठ वर्षसम्म बन्दी बनाइएको स्थान सुन्दरीजल पुगेर शर्माले बीपीले लगातार तीनवटा निर्वाचन जित्दै १५ वर्षमा देशलाई माथि उठाउने सपनाको खाका प्रस्तुत गरेको बताए। शर्माले भने, ‘२०१५ जेठ १३ गते प्रधानमन्त्री बन्नुभएको बीपीले १५ वर्षको समय पाएँ भने म देशलाई यहाँबाट त्यहाँ पुर्‍याउँछु, हरेक नेपालीलाई आफूजस्तै बनाउन चाहन्छु। तीनवटा आम निर्वाचनमा विजयी बनाऔँ भन्नुभयो, तर महेन्द्रले त्यो परिकल्पनालाई स्वीकार गरेनन्। ल्याएर सुन्दरीजलको जेलमा राखे।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top