तीजमा भड्किलोपन र खर्चिलोपनलाई कम गराैँ : मुख्यमन्त्री आचार्य

२३ भदौ ७८, बिहीबार

२४ भदौं, विराटनगर ।
नेपाली महिलाहरुको ठूलो चाड हरितालिका तीजको अवसरमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुभकामना सन्देश दिएका छन् । विहीबार एक सन्देश जारी गदैं नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा अटल सौभाग्य, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

‘हरितालिका तीजले समाजमा देखिएको विद्यमान महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य‚ समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु ।’–जारी सन्देशमा भनिएको छ ।

तीज पर्वले चेली–माइती‚ साथी–सङ्गी‚ परिवार एवं आफन्तजन बीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउदै्रंं यस पर्वले समाजलाई समेत भावनात्मक एकताको सूत्रमा बाध्न मद्दत गरेको उनले सन्देशमा भनेका छन् । उनले हरितालिका तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सबैलाई आग्रह पनि गरेका छन् । ‘यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गदैं यस पर्वलाई एउटा चेली माइतीको भेटघाट, समाज जोड्ने पुलको रुपमा लिई मौलिकता जर्गेना गर्न हामी सबैले भूमिका निर्वाह गर्नु पर्छ ।’–सन्देशमा भनिएको छ । उनले कोभिड–१९ का कारण सङ्क्रमणको जोखिम बढेकाले जनस्वास्थ्यका मापदण्ड पालन गरेर चाड मनाउन पनि अनुरोध गरेका छन् ।

नेपाली समाजमा हरितालिका तीज सांस्कृतिक र धार्मिक पर्वका रूपमा महत्वपूर्ण मानिन्छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा‚ उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहदैं आएको छ । तीजलाई विवाहपश्चात महिलाहरू आफ्नो मातापिताको घर छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा समेत तीज पर्वलाई लिने गरिन्छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top