राजपा नेपालको संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत चयन

२९ असार ७५, शनिबार

काठमाडौँ, असार ३०

Advertisement

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् ।

सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।

Advertisement

आजको बैठकमा समसामयिक विषय र पार्टीको आगामी भूमिकाबारे छलफल भइरहेको पनि उनले जानकारी दिए । बैठकमा समसामयिक, राजनीतिक परिस्थिति र संसद्मा पार्टीको भूमिकालगायत विषयमा छलफल भइरहेको कर्णले जानकारी दिए । संसदीय दलको बैठक अहिले पनि जारी छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top