सुकुम्बासीका समस्याहरुलाई हटाउँछौंः नवनियुक्त अध्यक्ष निरौला

सुकुम्बासीका समस्याहरुलाई हटाउँछौंः नवनियुक्त अध्यक्ष निरौला

३० भदाै, काठमाडाैँ ।

भूमिसम्बन्धि समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सो आयोगका नवनियुक्त अध्यक्ष केशव निरौंलालाई सपथ गराएका हुन्।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौंलाले सुकुम्वासीका समस्याहरुलाई हटाउने बताए । उनले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरु थपिँदै गएकोले आफ्नो नेतृत्वको टीमले ती समस्याहरुलाई हटाउने प्रयत्न गर्ने बताए । अध्यक्ष निरौलाले भने, ‘भूमि आयोग गठन भएको छ, दलित भूमिहीन, र भूमिहीन र अव्यवस्थित बसोवासीहरुको गठित यो आयोगको अध्यक्षको जिम्मेवारीमा नेपाल सरकारले मलाई नियुक्ति गरेको छ, सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म यो देशमा जटिलताहरु थपिँदै गएका छन्, यसलाई हटाउने प्रयत्नमा हामी प्रतिवद्ध हुनेछौँ ।’

सपथग्रहण समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास वैरागीसहितको उपस्थिति रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.