बौद्धबाट १४ रोहिंग्या शरणार्थी पक्राउ, काँकडभिट्टा नाकाबाट प्रवेश गरेको आशंका

३० भदौ ७८, बिहीबार

काठमाडौं : नेपालमा अवैधरूपमा नेपाल प्रवेश गरेका म्यानमारका १४ रोहिंग्या शरणार्थी काठमाडाैँको बौद्धबाट पक्राउ परेका छन् ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले ती रोहिंग्या बंगलादेशबाट भारत हुँदै नेपाल प्रवेश गरेको हुन सक्ने बताउनुभयो । ती रोहिंग्या शरणार्थी कसरी नेपाल प्रवेश गरे भन्ने बारेमा खोजी भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘नेपालमा यसअघि रहँदै आएका रोहिंग्या शरणार्थी बस्दै आएको कपनतर्फ जान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।’

प्रहरीले उनीहरू दलालमार्फत बंगलादेशबाट स्थलमार्ग हुँदै झापाको काँकडभिट्टा सीमानाकाबाट नेपाल प्रवेश गरेको आशंकामा दलालको समेत खोजी गरिरहेको बताएको छ । प्रहरीका अनुसार उनीहरू शरणार्थीका रूपमा बस्ने योजनाका साथ नेपाल आएको देखिन्छ । हाल काठमाडौंको कपनमा ३ सय ६५ जनाको हाराहारीमा रोहिंग्या शरणार्थी बस्दै आएका छन् ।

म्यानमारका रोहिंग्या सन् २०१२ देखि नै नेपाल भित्रन थालेका हुन् । म्यानमारमा रोहिंग्या मुसलमानमाथि सैनिक दमन शुरू भएपछि उनीहरू त्यहाँबाट भागेर बंगलादेशमा थिए । हाल बंगलादेशमा ७ लाखभन्दा बढीको संख्यामा रोहिंग्या शरणार्थीका रूपमा रहेका छन् ।,याे समाचार नेपाल समाचारपत्रमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top