पुनःनिर्माणको बाँकी काम आयोजना कार्यान्वयन एकाइले गर्ने

३१ भदौ, सिन्धुपाल्चोक ।

अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले गर्दै आएको भूकम्पपछिको पुनःनिर्माणको काम जिल्ला आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन) कार्यालयले गर्ने भएको छ ।

यही भदौ ३० गते जिमालीका आयोजना प्रमुख भरतप्रसाद आचार्यले आवास तथा भवन एकाइका जिल्ला आयोजना प्रमुख टङ्कप्रसाद गौतमलाई कार्यालयमा रहेको भौतिक (जिन्सी) सामग्री हस्तान्तरण गर्नुभयो ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएका निजी आवास तथा सार्वजनिक सम्पदाको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गर्दै आएको थियो ।

प्राधिकरणले सम्पन्न गर्न बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेसँगै सो प्रक्रियामा गएको हो । यसभन्दा अगावै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनःनिर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले सम्पादन गरेर बाँकी रहेका काम सम्बन्धित निकायबाटै हुने गरी हस्तान्तरण गर्ने निर्णय गरे पनि निजी आवास पुनःनिर्माणको काम भने जिमाली र भवनलाई समायोजन गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मातहत नै रहने गरी जिल्लामा जिल्ला आयोजाना कार्यान्वयन एकाइ (आवास तथा भवन) कार्यालय भने रहने भएको छ । आयोजनाका प्रमुखले यसभन्दा अघि पनि निमित्त जिल्ला आयोजना प्रमुख रहेर काम गरेका थिए ।

जिल्लामा हालसम्म पटक पटक गरी कायम भएका पुनःनिर्माण र प्रवलीकरण गरी ९१ हजार ५४ लाभग्राही रहेको जिमालीले जानकारी दिएको छ । त्यसअनुसार पुनःनिर्माणबापत रु तीन लाख र प्रवलीकरणबापत रु एक लाख प्राप्त गर्ने गरेका छन् ।

जम्मा लाभग्राहीमध्ये प्रथम किस्ता ८९ हजार ५५, दोस्रो किस्ता ८६ हजार ९९० र तेस्रो किस्ता ८२ हजार ७३९ ले लिएका छन् । अझै आठ हजार ३१५ ले अन्तिम किस्ताबापतको रकम लिन बाँकी रहेको देखिन्छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top