महामारीपछि ठप्प बनेको बजार लयमा फर्कियो, चाडपर्वलक्षित अफरले आकर्षण थप्दै

३० भदौ ७८, बिहीबार

३१ भदौ, काठमाडौं ।

कोरोना भाइरसको महामारीका कारण ठप्प बनेको व्यापार व्यवसाय विस्तारै लयमा फर्कन थालेको छ। पछिल्लो समय कोरोना संक्रमणदर कम हुँदै गएपछि बजारमा चहलपहल बढेको हो।

बजारमा चहलपहल बढ्न थालेपछि कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण प्रभावित बनेका व्यवसायीले केही राहत महसुस गर्न थालेका छन्। यद्यपि, कोरोना संक्रमणको जोखिम कायमै रहेकोतर्फ स्वास्थ्यविद्हरूले सचेत गराइरहेका छन्।

चाडपर्वको मौसम पनि सुरु भएको छ। हिन्दू नारीहरूको तीज पर्व भर्खरै सकिएको छ। कोरोना महामारीबीच विगतको जस्तो भव्य चहलपहल नभए पनि तीज पर्व स्वास्थ्य सावधानी अपनाउँदै मनाइएको थियो।

हिन्दू धर्मावलम्बीहरूको ठूलो चाड दसैं असोज अन्तिम सातामा परेको छ। कात्तिक महिनामा तिहार र छठ पर्व परेको छ। त्यसपछि अन्य चाडपर्व क्रमशः आउने गर्छन्।

हरेक वर्ष चाडवाड नजिकिएसँगै व्यापार व्यवसायको माहोल बढ्ने गर्दछ। चाडपर्वलाई लक्षित गरेर ग्राहकलाई विभिन्न अफर दिएर लोभ्याउन व्यवसायीहरुबीच प्रतिस्पर्धा नै चल्छ।

उपभोक्ताले पनि चाडवाडको अवसरमा पाइने छुट सुविधाको भरपूर उपयोग गर्ने गरेका छन्। त्यसैले अधिकांश उपभोक्ताले सवारीसाधन होस् या विद्युतीय सामग्री खरिद गर्न, चाडपर्वको माहोल कुर्ने गरेका छन्। चाडपर्वमा नयाँ सवारी भित्र्याउने, घर रङरोगन तथा सजावट गर्ने प्रचलन नेपालीहरूमा अझै कायमै छ। यसले चाडवाडको बेलामा सबै वस्तुको व्यापार ह्वात्तै बढाउने गर्दछ।

यस वर्ष पनि यो क्रम सुरु हुन थालेको छ। व्यवसायीहरूले क्रमशः चाडपर्वलक्षित अफरहरू सार्वजनिक गर्न थालेका छन्। अहिले सवारीसाधन, विद्युतीय सामग्री, मोबाइल फोनलगायत अन्य सामग्रीमा छुटको अफर व्यवसायीले ल्याउन थालिसकेका छन्।

विभिन्न बैंक, होटललगायत सेवामुलक व्यवसाय सञ्चालन गर्ने संस्थाहरुले पनि दसैं–तिहारको अफर सार्वजनिक गर्न थालेका छन्। कोरोनाको तेस्रो लहरको त्रास कायमै रहे पनि गत वर्षको तुलनामा व्यापार राम्रो हुने अपेक्षा व्यवसायीले गरेका छन्।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top