दैनिक ४० किलो सुन माग

३१ भदौ, काठमाडौं ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैङ्कसँग आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको टोलीले राष्ट्र बैङ्कको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलसँग भेटेर बजारमा कच्चा सुनको माग र आपूर्तिबीच चरम असन्तुलन रहेको भन्दै त्यसलाई कम गर्न आपूर्ति बढाउन आग्रह गरेको हो ।

Advertisement

महासङ्घका अनुसार चाडबाडको समयमा दैनिक ३५ देखि ४० किलोसम्म र अन्य सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुनको माग रहेको छ । हाल व्यवसायीले दैनिक २० किलोका दरले मात्र कच्चा सुन पाउँदै आएका छन् ।

अध्यक्ष शाक्यले सुनको सहज आपूर्ति व्यवस्था मिलाइनुपर्ने, क्षेत्रगत रूपमा विभिन्न नौवटा नाकाबाट कच्चा सुन वितरणको व्यवस्था मिलाइनुपर्ने, सुनचाँदी व्यवसायीले सबै बैङ्कका खाता खोल्नुपर्ने बाध्यात्मक व्यवस्था हटाई एकल खाता प्रणालीमा जानुपर्ने माग राखे ।

Advertisement

यस्तै सुन आयातमा बैङ्कको एकाधिकार तोडी निजी क्षेत्रलाई पनि सहभागी गराइनुपर्ने, गोल्ड एक्सचेन्ज स्थापनाका लागि पहल गर्नुपर्ने, कोरोना प्रभावित सुनचाँदी व्यवसायीलाई पुनर्कर्जाको व्यवस्था मिलाइनुपर्ने, चाँदीको आयातलाई व्यवस्थित बनाइनुपर्नेलगायतका माग राखेको महासङ्घका महासचिव धर्मसुन्दर वज्राचार्यले जानकारी दिए ।

पछिल्लो समयमा दैनिक २० किलोका दरले कच्चा सुन उपलब्ध गराउने व्यवस्थाले बजारको माग धान्न नसकेको महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top