दक्षिण कोरियाले पनि गर्‍यो मिसाइल परीक्षण, उत्तरलाई दियो चुनौती

३० भदौ ७८, बिहीबार

३१ भदौ, काठमाडौं ।

उत्तर र दक्षिण कोरियाले केही घण्टाको फरकमा मिसाइल परीक्षण गरेका छन्। यस मिसाइल परीक्षणसँगै कोरियाली प्रायद्वीपमा हतियारलाई लिएर भएको होड तिब्र भएको छ।

उत्तर कोरियाले आफ्नो पूर्वी तटमा दुई मिसाइल परीक्षण ग¥यो। बिगत ६ महिनामा दुई मिसाइल परीक्षणको यो पहिलो घटना हो जुन संयुक्त राष्ट्र संघको प्रस्तावको पनि उल्लंघन हो।

Advertisement

यसअघि दक्षिण कोरिया र चीनले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर चर्चा गरेका थिए। यी मिसाइल परीक्षणलाई यस वार्तासँग जोडेर हेरिएको छ।

उत्तर कोरियाले परीक्षण गरेको केही घण्टापछि दक्षिण कोरियाले पनि आफ्नो पहिलो पान्डुबी–प्रक्षेपित बेलिस्टिक मिसाइल परीक्षण गरेको छ।

Advertisement

तर दक्षिण कोरियाले एसएलबीएमको नाममा चिनिने यो मिसाइल परीक्षण गर्ने पहिलानै तय भएको बीबीसीले जनाएको छ। उत्तरले मिसाइल परीक्षण गरेपछि प्रतिक्रिया स्वरुप मिसाइल परीक्षण नगरिएको बताइएको छ। यस परीक्षणका साथ दक्षिण कोरिया यस प्रकारको प्रविधीमा सक्षम विश्वको सातौं देश बनेको छ।

परीक्षणका क्रममा राष्ट्रपति मून जे–इन पनि उपस्थित थिए। उनले दक्षिण कोरियासँग अब उत्तर कोरियाको उक्सावटलाई जवाफ दिन पर्याप्त संशाधन भएको बताए।

दक्षिण कोरिया कुनै पनि समय समय उत्तर कोरियाको उक्सावटलाई जवाफ दिन सक्षम भएको र आफ्नो हतियार कार्यक्रमलाई जारी राख्ने बताएको बीबीसीले उल्लेख गरेको छ।

सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार, दक्षिण कोरियाको भनाइलाई उत्तर कोरियाका नेता किम जोङ उनकी बहिन किम यो जोङले आलोचना गरेकी छन्। उनले उनले यस्तो भनाइले सम्झौता टुट्ने चेतावनी दिएकी छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top