व्यवसायीका समस्या हल गर्न पहल गरिरहेका छौँ – वरिष्ठ उपाध्यक्ष ढकाल

३१ भदौ, मोरङ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या हल गर्न देशका समग्र व्यवसायीहरुको छाता संस्थाको हैसियतले महासङ्घले पहल गरिरहेको बताएका छन्।

उर्लावारी उद्योग वाणिज्य सङ्घको ३३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको बताउँदै व्यवसायीका समस्याको समाधान गरी व्यवसायीको उत्थानका लागि महासङ्घले नेपाल सरकारसँग राहतका कार्यक्रमका लागि पहल भइरहेको बताए ।

कोभिडको महामारीका कारण सबैक्षेत्र प्रभावित भएपनि अर्थतन्त्रको ठूलो हिस्सा धान्दै आएका देशका निजी क्षेत्रका व्यवसायी अहिले नराम्ररी प्रभावित बनेका उनले बताए ।

ढकालले भने, “देशको व्यवसाय कोरोना महामारीका कारण निकै नै प्रभावित छ । बैंकको व्याजदेखि घरभाडासम्मका कुरा आउँछन् । आम व्यवसायीका समस्यालाई समाधान गर्ने हाम्रो पहल हुनेछ । यसका लागि सरकारलाई हामीले बारम्वार घच्घच्याइरहेका छौँ ।”

महासङ्घले महिला उद्योगीहरुको उत्थान र समग्र व्यवसायीहरुको वृहत्तर हितका लागि निरन्तर काम गरिरहेको पनि जानकारी दिए। कार्यक्रममा महासङ्घका प्रदेश नम्वर १ का अध्यक्ष टीकाराज ढकाल, उर्लावारी नगरपालिकाका प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लावारी उद्योग वणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार रिजाल लगायतले देशका व्यवसायीका समस्या समाधानका लागि नेपाल सरकारसँग पहल गर्न वरिष्ठ उपाध्यक्ष ढकालसँग आग्रह गरेका थिए । सो कार्यक्रममा यस क्षेत्रका उत्कृष्ट पाँच व्यवासायी र एक जना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।

सङ्घको नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुने उर्लावारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रितम खड्गीले बताए। सोह्र पदका लागि ३३ जनाको उम्मेद्वारी रहेकाले बिहीबार निर्वाचन हुने बताइएको छ ।

निर्वाचनका लागि तारामान लिम्बू र शेरबहादुर भण्डारीको टिम चुनावी मैदानमा छ । सङ्घमा एक हजार ७०२ सदस्य आबद्ध छन् । उनीहरु निर्वाचनमा सहभागी हुने बताइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top