तरलता व्यवस्थापनका लागि २० अर्ब बराबरको रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक

३० भदौ ७८, बिहीबार

३१ भदौ, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको २ हप्ते रिपो जारी गर्ने भएको छ ।

बैकिङ प्रणालीमा तरलता कम भएपछि अस्थिर बनेको अन्तरबैंक ब्याजदरलाई नियन्त्रण गर्न राष्ट्र बैंकले रिपो जारी गर्ने भएको हो। आज (बिहीबार) जारी हुने रिपो असोज १४ मा परिपक्व हुनेछ।

बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या हुँदै गएकाले राष्ट्र बैंकले बोलकबोल माध्यमबाट २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेर बैंकिङ प्रणालीमा तरलता प्रवाह गर्न लगेको हो।१४ दिनको अवधि तोकिएको बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले भाग लिन पाउनेछन्।

मौद्रिक तरलता व्यवस्थापनको अल्पकालीन उपकरणको रुपमा आर्थिक वर्ष २०६१र६२ देखि बोलकबोलको मध्यमबाट नेपाल राष्ट्र बैंक र वाणिज्य बैंक, बिकास बैंक एवं वित्त कम्पनीबिच रिपो तथा रिभर्स रिपो कारोबार हुँदै आएको छ।

रिपो बोलकबोलअन्तर्गत राष्ट्र बैंकले नेपाल सरकारको ट्रेजरी बिल धितोको रुपमा लिई बैंक तथा वित्तीय संस्थालाई तरलता उपलब्ध गराउने गर्दछ।

के हो रिपो?

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाहका लागि प्रयोग हुने उपकरण ‘रिपो’ हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको केन्द्रीय बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिका लागि तरलता प्रवाह हुन जान्छ।

बोलकबोल प्रक्रियाबाट निष्कासन हुने यस उपकरणमा बहु–ब्याजदर विधिको प्रयोग गरिन्छ। रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नुअघि ती बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नो स्वामित्वमा रहेको टे«जरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ।

रिपो उपकरणको बोलकबोलमा सहभागी हुन इच्छुक संस्था र केन्द्रीय बैंकबीच अनिवार्य रूपमा मास्टर रिपर्चेज एग्रिमेण्ट भएको हुनुपर्दछ। अन्यथा रिपो उपकरणको बोलकबोलमा सहभागी हुन पाइँदैन।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top