NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
४० दिनदेखि सरकार सटडाउन हुँदा , अमेरिका नै अस्तब्यस्त सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

दक्षिण एशियाली आमन्त्रण तेक्वान्दोः नेपाल च्याम्पियन

सोमवार असार ३२ , २०७५
Reading Time: 1 min read
A A
दक्षिण एशियाली आमन्त्रण तेक्वान्दोः नेपाल च्याम्पियन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

काठमाडौँ, असार ३२

नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन ठूला उपाधिसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ ।

नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्य, भारतल ४३ स्वर्ण, ४० रजत र ३९ कास्य तथा तुर्किमिनिस्तानले सात स्वर्ण, दुई रजत र एक कास्य जिते । नेपालले जुनियर र सिनियर दुवै समूहमा पनि टिम च्याम्पियनको उपाधि हात पारेको छ । जुनियरतर्फ प्रथम स्थान हात पारेको नेपालले ३४ स्वर्ण, ४३ रजत र ६१ कास्य प्राप्त गर्दा दोस्रो स्थानमा रहेको भारतले ३४ स्वर्ण, १२ रजत र १२ कास्य पदक ल्याएको छ ।

सिनियरतर्फ नेपालले पहिलो स्थानका लागि १९ स्वर्ण, १२ रजत र १९ कास्य पदक जित्दा दोस्रो स्थानमा रहेको भारतले भने नौ स्वर्ण, १७ रजत र २७ कास्य हात पारेको छ । प्रतियोगितामा तीन स्वर्ण जितेकी रुबिका खड्काले सिनियर महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १८ देखि ३९ वर्षसम्मको ब्ल्याकबेल्टको स्पाइरिङमा स्वर्ण जितिन् । सिनियर पुरुषतर्फ तुर्किमिनिस्तानका घोसान याजोङले उत्कृष्ट खेलाडीको उपाधि जिते । जुनियर महिलातर्फ भारतकी के काभना तथा पुरुषतर्फ चीनका याङ पिङलिङले उत्कृष्ट खेलाडीको उपाधि हात पार्न सफल भए ।

नेपाल आइटिएफ तेक्वान्दोको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा महिला १० वर्षमुनिको उमेर समूहको २० केजीमुनिको स्पाइरिङमा नेपालकी सन्ध्या लामाले स्वर्ण जितिन् । त्यस्तै १४ देखि १५ वर्षको कलर ब्लडको स्पाइरिङ नेपालले पाँच स्वर्ण जित्न सफल भयो । सोअनुसार ३५ केजीमुनि नेपालकी निशा पुलामी मगर, ४५ केजीमुनि अभिना राई, ५५ केजीमुनि अनिष कार्की, ६० केजीमुनि कोपीला स्याङ्ताङ र ६५ केजीमुनि डोल्मा गुरुङले स्वर्ण जिते ।

सोही प्रतियोगितामा १५ देखि १७ वर्षको रंगीन पेटीका महिला स्पाइरिङमा नेपालले तीन स्वर्ण जितेको छ । नेपालका लागि ४५ केजीमुनि रश्मि थापा मगर, ५२ केजीमुनि सचिता सुनुवार र ५८ केजीमुनि चुम्ला शेर्पाले स्वर्ण जिते । महिला १८ देखि ३९ वर्षको सिनियर रंगीन पेटीको ५२ केजीमुनि नेपालकी निश्चल राईले स्वर्ण जितिन् । महिला १५ देखि १८ वर्षको कालो पेटीमा नेपालले तीन स्वर्ण जित्न सफल भयो । सविना लामाले ५५ केजीमुनि, करिश्मा घर्ती मगरले ६४ केजीमुनि र कन्याम लिम्बूले ७० केजीमाथि स्वर्ण पदक हात पारे ।

महिला १८ देखि ३९ वर्षको कालो पेटीमा नेपाल चार स्वर्ण जित्न सफल भएको छ । नेपालका लागि ४७ केजीमुनि रुबिका, ५२ केजीमुनि रञ्जु पुलामी मगर, ५७ केजीमुनि रिना धिमाल र ७७ केजीमुनि सिर्जना राईले स्वर्ण पदक हात पार्न सफल भए । रंगीन पेटीमा सचिता सुनुवार, दोस्रो डान कालो पेटीमा निश्मा बस्याल, तेस्रो डान कालो पेटीमा सोनी खड्का र चौथो डान कालो पेटीमा तुलसा राजथलाले आआफ्नो खेलमा स्वर्ण जिते ।

महिला टिम प्याटन र टिम स्पाइरिङमा पनि नेपालले दुई स्वर्ण जित्यो । प्याटनमा रुबिका, रिना, निश्मा, तुलसा राजथला र हिमा खड्काको समूहले स्वर्ण जित्दा टिम स्पाइरिङमा सोनी खड्का, रुबिका, सञ्चिता लामा, शान्ति खत्री, रिना र सिर्जना राईको समूहले स्वर्ण जितेका थियो ।

पुरुष १० वर्षमुनि नेपालले दुई स्वर्ण जित्न सफल भयो । बाइस केजीमुनि अभिषेक राई र ३२ केजीमुनि लक्की राईले स्वर्ण जितेका छन् । पुरुष १० देखि १३ वर्षमुनिको रंगीन पेटीमा नेपालले छ स्वर्ण जित्न सफल भएको छ । तीस केजीमुनि किस्मत पुन, ३५ केजीमुनि शिशिर राई, ४० केजीमुनि शिवम घर्ती मगर, ४५ केजीमुनि, विनोद रखाल, ५० केजीमुनि विजय सारु र ५५ केजीमुनि निलेश थापा मगरले आआफ्नो खेलमा स्वर्ण जितेका छन् ।

पुरुष १४ देखि १५ वर्षको रंगीन पेटीमा नेपालले दुई स्वर्ण जित्यो । सुनिल गोलेले ५० केजीमुनि र अभिषेक राईले ६० केजीमुनि स्वर्ण जितेका छन् । पुरुष १६ देखि १७ वर्षमुनि रंगीन पेटीमा नेपालले तीन स्वर्ण जित्न सफल भयो । निश्चल कुर्मालीले ४५ केजीमुनि, सुजन शाही ठकुरी ५१ केजीमुनि, पूर्ण लोप्चनले ५७ केजीमुनि र सुमित खुलाल मगर ७५ केजीमाथिको खेलमा स्वर्ण जिते ।

पुरुष १८ देखि ३९ वर्षमुनिको रंगीन पेटीमा नेपालले तीन स्वर्ण जितेको थियो । किरण कुँवरले ५८ केजी, चूडामणि कुँवरले ६४ केजी र देवीकुमार थारुले ७१ केजीमुनि स्वर्ण जिते । पुरुष १५–१८ वर्षमुनि प्रथमदेखि चौथो डानको स्पाइरिङमा नेपालले सात स्वर्ण जित्न सफल भयो । नेपालका लागि ४५ केजीमुनि श्याम राई, ५१ केजीमुनि विशाल बुढा मगर, ५७ केजीमुनि अनिल तामाङ, ६० केजीमुनि कृष्ण बस्नेत, ६३ केजीमुनि प्रताभ कार्की, ६९ केजीमुनि अञ्जिल कुँवर र ७५ केजीमाथि साजन बच्चमैयाले स्वर्ण दिलाए ।

पुरुष १८–३९ वर्षमुनि प्रथमदेखि चौथो डानको स्पाइरिङमा नेपाल दुई स्वर्ण जित्न सफल भयो । नेपालका लागि ५२ केजीमुनि सागरशम्शेर कुँवर र ७८ केजीमुनि चाउची डंगोलले स्वर्ण जिते । गत शुक्रबारदेखि आइतबारसम्म भएको उक्त प्रतियोगितामा पुरुष पाँचौँ डान भेट्रान प्याट्रनमा नेपालका लागि खेम क्षेत्रीले स्वर्ण जिते । त्यस्तै टिम स्पाइरिङमा नेपालले स्वर्ण जित्यो । चाउची, लीलाधर बस्नेत, दिनेश बुढा मगर र वीर कुँवरको टोलीले भारतलाई ३–२ को स्कोरमा पराजित गरेको थियो ।
रासस

लोकप्रीय

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच
खेलकुद

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

जेलर र रविको बयान मिल्यो,कसरी नख्खुबाट निस्किए ?

बुधबार कार्तिक १९ , २०८२

हालका पोस्टहरू

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.