हिल्साबाट फर्कियाे नेपाल-चीन सीमा अध्ययन समितिको टोली

१ असाेज, हुम्ला।

Advertisement

हुम्ला खण्डको चीनसँग जोडिएको उत्तरी क्षेत्रका सीमास्तम्भको अध्ययन गर्न खटिएको अध्ययन समितिको टोली लिमी, लाप्चा र हिल्सा क्षेत्रमा रहेको सिमास्तम्भको अध्ययन पश्चात फिर्ता भएको छ । सिमकोटबाट टोली गाडीमार्फत् लाप्चा, लिमी र लिमीबाट पैदल हिल्सासम्म पुगेको टोली शुक्रवार हेलिकोप्टरबाट फिर्ता भएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले चीनसँगका सिमास्तम्भहरुको सीमा अध्ययन समिति लाप्चा र हिल्सा क्षेत्रका सिमास्तम्भहरुको अध्ययन गरी आज फर्केको जानकारी दिनुभयो । संयोजक जयनारायण आचार्यको नेतृत्वमा सात सदस्यीय टोली भदौ २६ गते हुम्ला आएर भदौ २७ गते त्यसतर्फ लागेको थियो ।

Advertisement

उहाँले लाप्चा क्षेत्रको १२ नम्बर र हिल्सा क्षेत्रका ५ देखि १० नम्बर सिमास्तम्भको अध्ययन कार्य गर्न टोली सफल भएको बताए । शुक्रबार संयोजक आचार्यको टोलीले पाँच हजार दुई मिटर अग्लो स्थान टाकुलेमा रहेको ११ नम्बर सिमास्तम्भमा हेलिकोप्टरबाट गएर अध्ययन गर्ने कार्य भएको भएपनि त्यो पुरा नभएको बताए।

टोलीकै लागि नेपाली सेनाको हेलिकोप्टर हिल्सा पुगेर टोलीलाई लिएर चार हजार मिटर अग्लो स्थानमा पुगेपछि हावाको कारण हेलिकोप्टर उडान भर्न नसक्दा टोली सिमकोट हुँदै सुर्खेततर्फ लागेको हो । लाप्चा लिमी र हिल्सा क्षेत्रका सञ्चार सम्पर्क हुन नसक्ने र हेलिकोप्टरमा हिल्साबाट फिर्ता आएको टोली सिमकोट बिमानस्थलमा टेकअपपछि सुर्खेतका लागि उडान भरेको थियो ।

Advertisement

टोलीले हेलिकोप्टरबाट हुम्ला खण्डमा पर्ने ३ र ४ नम्बर सिमास्तम्भ अध्ययन गर्ने कार्य पनि हुन सकेन । टोलीमा आचार्यका साथै उमेशराज जोसी, किशोरकुमार श्रेष्ठ, प्रदिपकुमार पाल, शुशिल डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेका थिए । जसमा नापी बिभागदेखि अन्य सम्बन्धित क्षेत्रको पनि सहभागिता छ ।

दुई देशको सिमाक्षेत्र लोलुङ जोङमा चिनीयाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सिमास्तम्भ चीनले एकतर्फी पूनरनिर्माण गरेपछि हुम्लामा यसको बिरोध हुँदै आएको थियो । नाम्खा गाउँपालिका– ६ को टाकुलेमा रहेको ११ नम्बर र लाप्चा क्षेत्रमा सिमास्तम्भ नम्बर १२ पर्छ । अन्य हिल्साको किट क्षेत्रका ५ (१) र (२), ६ (१) र (२) , ७ (१) र (२), ८ (१) र (२), ९ ( १) र (२) नाम्खा –५ को हिल्सा र किट क्षेत्रमा पर्छन ।

यता नाम्खा– ५ कै यारी भित्रको ह्याङ्सी क्षेत्रको याङ्जो भज्याङस्थित ३ नम्बर सिमास्तम्म रहेको छ भने सोही क्षेत्रको नुमुच्चेमा रहेको ४ नम्बर सिमास्तम्भ रहेको छ । लाप्चामा चीनले लोलुङ जोङमा बनाएको भौतिक संरचना जसको नेपाली भुमिमा भवन निर्माण गरेको भन्दै बिरोध हुँदैअएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top