संविधानको पुनर्लेखन गरौँ : प्रभु साह

३ असोज, काठमाडौं ।

Advertisement

पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता प्रभु साहले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन्।

आइतबार संविधान दिवसको दिन सामाजिक सञ्जाल फेसबुकमार्फत् पूर्वमन्त्री साहले संविधानमा रहेका विभिन्न खाले गम्भीर त्रुटिहरुको कारण देशमा राजनीतिक संकट गहिरिँदै गएको बताएका हुन्।

Advertisement

आमजनताको लोकतन्त्र, राष्ट्रियता, स्थायित्व एवं समृद्धिको चाहना मुख्यतः सशस्त्र युद्ध र जनआन्दोलनको मागअनुरुप संविधानको पुनर्लेखन गरी देशलाई सही दिशा निर्देश गर्नुपर्ने पूर्वमन्त्री साहको तर्क छ।

’संविधानमा रहेका कयौँ व्यवस्था जस्तै नेपाल जस्तो सानो मुलुकमा ७६१ वटा सरकार, संघीय मुलुकमा अनावश्यक तीन तह, शासक जातिलाई आरक्षण, अनावश्यक दर्जनौं संवैधानिक आयोग, दोहोरो नागरिकतासम्बन्धी गलत व्यवस्था, पुरानै न्याय प्रणाली र कर्मचारीतन्त्र, सन्तुलनबिनाको शक्ति पृथकीकरण, पक्षपातपूर्ण ढंगले राजस्व तथा शक्तिको बाँडफाँट, दलाल जन्माउने निर्वाचन प्रणाली, अस्थिरता र विभेद बढाउने शासन प्रणाली जस्ता अस्वभाविक गलत प्रावधानहरुले गर्दा आज देश अस्तव्यस्त एवं अन्योलग्रस्त भएको छ,’ उनले भनेका छन्, ’संविधानमा रहेका यी त्रुटिहरुलाई सच्याएको खण्डमा मात्र संविधान दिवस मनाउनुको औचित्य सावित हुनेछ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top