घट्यो कुखुराको मासुको मूल्य

काठमाडौं: चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको छ । महामारीको अवस्था सामान्य हुँदै जाँदा कुखुराको उत्पादन बढेको, तर खपत कम भएकाले मूल्य घटेको हो ।

महामारीको प्रभाव कम हुँदै गए पनि ठूला होटेल, रेष्टुराँ, पार्टी प्यालेसहरू राम्ररी चल्न सकेका छैनन् । यस्तै स्कुल, क्याम्पसहरू अझै बन्द रहेकाले मासुको खपत बढ्न नसकेको व्यवसायीहरू बताउँछन् । मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक ७ लाख किलो मासुको खपत हुने गरेकोमा अहिले यो परिमाण घटेर करीब ४ लाख ९० हजार किलोमा सीमित रहेको छ ।

‘सामान्यतया चाडपर्वका बेला मासुको खपत बढ्ने भएकाले मूल्य बढ्नुपर्ने हो, मूल्य घटिरहेकाले महामारीका कारण उपभोक्ताको क्रयशक्ति घटेको अनुमान गर्न सकिन्छ,’ उनले भने ।

महामारीको समयमा विक्री नहुने त्रासका कारण करीब ४० प्रतिशत कुखुरा पालक किसानले आफ्ना खोरमा कुखुरा हालेका थिएनन् । तर अहिले अवस्था सामान्य हुँदै गएपछि अधिकांश किसानले कुखुरा हालेकाले उत्पादन बढेको बताइएको छ । सम्बद्ध किसानले अहिले कुखुराको उत्पादन बढेको बताए तापनि ह्याचरी संघका अनुसार उत्पादन खासै बढेको छैन ।,याे समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top