कुटी नै सिध्याए महन्थले

जनकपुरधाम : जनकपुरधामलाई ५२ कुटी, ७२ कुण्डको सहर भनेर चिनिन्छ। २५–३० वर्षअघिसम्म टोलपिच्छे भेटिन्थे पनि मन्दिर र कुटी। तर, अहिले अधिकांश ती धार्मिक धरोहर देख्न पाइँदैन। त्यससँगै हराए भगवान्का मूर्ति। बाँकी छन् त केवल केही भग्नावशेष। बरु ती ठाउँमा ठूला–ठूला भवन ठडिएका छन्।

बागवनी फार्म रहेको ठाउँमा पहिले वीरपुर राधाकृष्ण मन्दिर थियो। तर, अहिले मन्दिरको नामनिसानै छैन। जग्गा भने सरकारले उपभोग गरिरहेको छ। प्रादेशिक अस्पताल भएको ठाउँमा सियाबिहारी कुटी थियो। त्यो पनि अस्तित्वमा छैन। यस्तै, रासबिहारी, युगलबाबा, रेवासी माइजी, रामेश्वर दास, सीताराम दास तत्मा, सीताराम दास मनियार र विमला बिहारी कुटी मासिएका छन्।

रामजानकी पिक्चर प्यालेस रहेको ठाउँमा रघुवीरशरण व्यास कुटी थियो। त्यससँगै कन्हैया, किशोरी शरण, सखी, परमहंसजी, वशिष्ठ शरण, भटवा, लक्ष्मण शरण कुटीको पनि अत्तोपत्तो छैन। त्यस्तै, रामदयाल शरण, भजनिया, सतानन्द आश्रम, लक्ष्मण शरण, सीताराम दास कुटी वेल्ही, रौनियार, चमार, महापात्र, सबरी कुटीको अहिले अस्तित्व छैन। कुटीसँगै जग्गा पनि अतिक्रमणकारीले हडपेका छन्।

रसिक निवास (मन्दिर र कुटी)को जग्गा अमर पजियारले कब्जा गरी सटर भाडा उठाउँदै आएका छन्। त्यसैगरी भानुचोकको रानीसति मन्दिर कब्जा गरी प्रभु जालानले कपडा व्यापार सञ्चालन गर्दै आएका छन्। सार्वजनिक जग्गालाई व्यक्ति विशेषको मन्दिर बनाएर उनले आलिशान महल ठड्याएका छन्।

अधिकांश कुटी महन्तकै मिलेमतोमा हडपिएको देखिन्छ। धर्मप्रति आस्था नभएकाहरू नै महन्त नियुक्ति भएका कारण मठमन्दिर विनाश भएको महन्त जगदीशदास वैष्णव ‘त्यागी’ बताउँछन्। जनकपुर धार्मिक नगरी भए पनि कतिपय महन्तमा धार्मिक आस्था नभएको, उनीहरू धर्मको संरक्षणभन्दा विनाशतर्फ बढी लागेको आरोप वैष्णव लगाउँछन्। अर्कातर्फ गुठी संस्थानजस्ता निकाय मठमन्दिर संरक्षण गर्नुको साटो जग्गा कसरी बेच्ने भन्नेमा लागेकाले समस्या आएको उनको बुझाइ छ। गुठी संस्थान जनकपुरका प्रमुख वैकुण्ठ रेग्मी भने संस्थानको अधीनस्त रहेको जग्गाको मात्रै संरक्षण गर्ने गरेको बताउँछन्।

विगतमा धार्मिक मेलाहरूमा श्रद्धालुको घुइँचो लाग्ने गरेको थियो। उनीहरू जातीयअनुसारका कुटीमा विश्राम र पूजा गर्थे। तर, अहिले श्रद्धालुहरू त्यो संख्यामा जनकपुर आउन छाडेको अध्यता रामभरोष कापडी ‘भ्रमर’ बताउँछन्। जानकी मन्दिरको प्रसिद्धिका कारण साधुसन्त ठूला संख्यामा जनकपुर आउँथे। उनीहरू भजनकिर्तन गरी रमाउँथे। ती साधुहरूका लागि कुटी बनाइन्थ्यो। साधुसन्तकै नामबाट मन्दिरको नाम राखिन्थ्यो। त्यसबेला सबै व्यवस्थित नै थिए। तर, बिस्तारै माफियाको चलखेल र मन्दिर संरक्षककै मिलेमतोमा कुटी मासिँदै गए। कुटीले दानमा पाएको जग्गा व्यक्तिमा नामसारी हुन थाल्यो र बिस्तारै भगवान्का मूर्तिसमेत बेचिए। जनकपुरधाम प्राचीन मिथिलाको राजधानीका साथै मठमन्दिरका सहरका रूपमा परिचित थियो। तर, पछिल्लो दुई दशकमा ४० भन्दा बढी मन्दिरसँगै मूर्ति हराएका छन्।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top