×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लयमा फर्कँदै पर्यटन, २३० जनाले लिए हिमाल आरोहण अनुमति

४ आश्विन २०७८

४ असोज, काठमाडौं ।

कोरोना संक्रमणका कारण प्रभावित पर्वतारोहण विस्तारै लयमा फर्किन थालेको छ। यो वर्षको शरदयामको आरोहण पनि उत्साहजनक देखिएको छ।

Advertisement
Advertisement

असोज र कात्तिक महिनामा हुने उक्त आरोहणका लागि अहिलेसम्म २३० जनाले अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ।

विभागका अनुसार अहिलेसम्म शरदयामका लागि विभिन्न छ वटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको छ। विभिन्न २५ वटा आरोहण दलअन्तर्गत १७८ जना पुरुष र ५२ जना महिलाले आरोहण अनुमति लिएको विभागले जनाएको छ।

विभागबाट अहिलेसम्म सबैभन्दा धेरै मनास्लुका लागि १३३ जना पुरुष र ३८ जना महिला गरी कुल १७१ जनाले अनुमति लिएका छन्। त्यसपछि धौलागिरिका लागि २८ जना पुरुष र १३ जना महिला गरी ४० जनाले अनुमति पाएका छन्। मरियाङ हिमालका लागि सात जना पुरुष र एक जना महिलाले अनुमति पाएको विभागले जनाएको छ।

कुम्भकर्ण हिमालको आरोहणका लागि पाँच जनाले अनुमति पाएको विभागले जनाएको छ। अनुमति पाउने सबै पुरुष हुन् । कञ्चनजङ्घा र पुठा हिमचुलीका लागि समान तीन÷तीन जनाले अनुमति पाएका छन्।

यी हिमाल आरोहणका लागि प्रदान गरिएको अनुमतिबापत विभागले करिब दुई करोड ३१ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ। मनास्लु हिमालबाट मात्रै एक करोड ८१ लाख रुपैयाँ रोयल्टी संकलन भएको पनि विभागले जनाएको छ।

Advertisement

हिमाल आरोहणका लागि पर्वतारोहीले पर्याप्त समय लिएर आउने भएकाले पनि कोरोना संक्रमणको असर यस क्षेत्रमा तुलनात्मक रूपमा कम देखिएको सरोकारवालाले बताउँदै आएका छन्।

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top