×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आर्थिक संकटमा क्रिकेट रंगशाला, क-कसले दिएनन् कबोल गरेको रकम ?

४ आश्विन २०७८

४ असोज, चितवन ।

चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक संकटमा परेको छ ।

Advertisement
Advertisement

कोरोना महामारीका कारण जनस्तरबाट पर्याप्त आर्थिक सहयोग संकलन हुन नसक्दा रंगशालाको काम नै ठप्प बन्न पुगेको हो । रंगशालाको लागि कबोल गरेको रकमसमेत उठ्न सकेको छैन ।

कुनै बेला दिनमै २ सय १७ जना कामदारले काम गर्ने गरेकोमा अहिले ५÷६ जनाले मैदानमा लगाइएको दुबोमा पानी हाल्ने र गोडमेल गर्ने काम मात्रै गरिरहेका छन् । गएको जेठदेखि रंगशालाको आर्थिक स्रोत जुट्न ठप्प बनेको छ । जनस्तरबाट सहयोग जुटाएर रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेशनले सरकारको सहयोगको आवश्यकता परेको जनाएको छ ।

आर्थिक सहयोग गरिदिन भन्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) केही दिनअघि काठमाडौं पुगेर नेता र मन्त्रीहरूसँग भेटघाट गरिरहेका छन् । रंगशाला निर्माणको काम ३५ प्रतिशत सकिएको धुर्मुसले बताए । आर्थिक सहयोग जुट्न नसकेपछि १५ साउनदेखि निर्माण कार्य अघि बढ्न नसकेको उनले जानकारी दिए ।

‘आर्थिक अभावका कारण रंगशालाको काम प्रभावित भएपछि सरकारलाई जानकारी गराएका छौं। सकरात्मक प्रतिक्रिया आएको छ’, उनले भने । निर्माण सम्पन्न भएपछि भरतपुर महानगरलाई नै हस्तान्तरण गरिने भएकाले सरकारसँग आर्थिक सहयोग मागिएको उनले बताए ।

करिब ३ अर्ब अनुमानित लागत रहेको रंगशाला निर्माणमा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भएको छ । जसमध्ये १६ करोड २७ लाख ८८ हजार रुपैयाँ बराबरको काम उधारोमा भएको रंगशाला निर्माण परियोजनाका लेखा प्रमुख मुक्ति तिमिल्सिनाले बताए । फाउण्डेशनले निर्माण सामग्री खरिद र कामदारलाई उधारोमा काममा लगाएर रंगशालाको निर्माण गर्दै आएको हो ।

तिर्न बाँकी रकम १६ करोड नाघेपछि निर्माण कार्य ठप्प बनेको उनले बताए । महायज्ञमा कबोल भएको रकम पनि उठ्न नसकेको तिमिल्सिनाले बताए ।रंगशाला निर्माण सहयोगार्थ २०७६ माघमा महायज्ञको आयोजना गरिएको थियो । त्यतिबेला थुप्रै व्यक्तिले महायज्ञमा आफ्नो नाम सार्वजनिक हुने र प्रचार हुने मोहले आर्थिक सहयोग गर्ने कबोल गरे । अझैसम्म पनि कबोल गरेको रकम नदिएको फाउण्डेसनले जनाएको छ ।

महायज्ञमा जिन्सी, बोलकबोल र नगदसहित ६९ करोड ४५ लाख ५६ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता भएको थियो । सरकारी निकायले दिएको बाहेक जम्मा ९ करोड २५ लाख ५९ हजार रुपैयाँ कबोल रकम उठेको तिमिल्सिनाले बताए । सरकारी निकायले मात्रै ५१ करोड १२ लाख ३० हजार ८३२ रूपैयाँ सहयोग गर्ने बताएका थिए ।

भरतपुर–१५ मा निर्माण भइरहेको रंगशालालाई भरतपुर महानगरले नै कबोल गरेको रकम दिएको छैन । महानगरले १६ करोड रुपैयाँ दिने कबोल गरेकोमा हालसम्म जम्मा ८ करोड मात्रै दिएको तिमिल्सिनाले जानकारी दिए । भरतपुर–१३ को वडा कार्यालयले ५ लाख रुपैयाँ दिएको छ । बागमती प्रदेश सरकारले पनि कबोल गरेको रकम अझै दिएको छैन । उसले ३० करोड कबोल गरेकोमा जम्मा ३ करोड मात्रै दिएको छ ।

कबोल गरेको रकम नदिनेमा वर्तमान स्वास्थ्य राज्यमन्त्रीदेखि व्यावसायीक संस्थासम्म रहेका छन् । वर्तमान स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफुले कबोल गरेको ११ लाख ५१ हजार रुपैयाँ दिएका छैनन् । त्यस्तै, संघीय सांसद उमा रेग्मीले २० हजार, बागमती प्रदेशका सांसद मिलनबाबु श्रेष्ठले २ लाख १ हजार, बलराम पौडेलले ५५ हजार, अन्जनी श्रेष्ठले ५१ हजार र रिना गुरुङले ५० हजार रुपैयाँ कबोल रकम अझै दिएका छैनन् ।

स्थानीय तहले दिएनन् कबोल रकम

जिल्ला समन्वय समिति चितवनलगायत जिल्लाका स्थानीय तहलेसमेत कबोल रकम दिएका छैनन् । जिससले २ करोड २२ लाख रुपैयाँ दिने कबोल गरेकोमा अहिलेसम्म जम्मा ५० लाख ९२ हजार रुपैयाँ मात्रै दिएको छ । माडी नगरपालिकाले ३० लाख कबोल गरेकोमा एक पैसा पनि दिएको छैन ।

त्यसैगरी, रत्ननगर नगरपालिकाले १७ लाख कबोल गरेकोमा ९ लाख ८५ हजार रुपैयाँ मात्रै दिएको छ । राप्ती नगरपालिकाले ९ लाख कबोल गरेकोमा ५ लाख दिइसकेको छ । बाँकी ४ लाख रुपैयाँ स्थानीय व्यापारीहरूबाट संकलन गरेर दिने भनेकोमा अहिलेसम्म दिएको छैन ।

आफ्नै जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रंगशालाको लागि खैरहनी नगरपालिकाले न कबोल ग¥यो न आर्थिक सहयोग नै ।

कालिका नगरपालिकाले कबोल गरेको १५ लाख ५५ हजार र इच्छाकामना गाउँपालिकाले कबोल गरेको ११ लाख ११ हजार रुपैयाँ पुरै दिइसकेका छन् । जिल्ला समन्वय महासंघले कबोल गरेको ७७ लाख रुपैयाँ पनि अझै प्राप्त नभएको तिमिल्सिनाले बताए ।

व्यवसायीका संस्थाले पनि दिएनन्

व्यवसायीहरूका छाता संस्थाहरूले पनि महायज्ञमा कबोल गरेको रकम दिएका छैनन् । एलपी ग्यास उद्योगले कबोल गरेको १ करोड, निर्माण व्यवसायी संघ चितवनले कबोल गरेको २० लाख रुपैयाँ रंगशालाले पाएको छैन ।

नेपाल पोल्ट्री महासंघले १ करोड कबोल गरेकोमा ४० लाख ५० हजार दिएको छ । बाँकी ५९ लाख ५० हजार रुपैयाँ अझै दिएको छैन । पुरानो मेडिकल कलेजका सञ्चालक प्राडा भीमप्रसाद नटराजले कबोल गरेको २० लाख रुपैयाँ दिएका छैनन् । चितवन मेडिकल कलेजले ५० लाखको प्राथमिक उपचार गराउन मिल्ने भवन निर्माण गरिदिने बताएको थियो । त्यसको पनि काम भएको छैन ।

३० हजार दर्शक अट्ने क्षमताको निर्माणाधीन रंगशालाको मुख्य मैदान र तीन हजार दर्शक अट्ने प्याराफिट तयार भइसकेको छ । मैदानमा पिच निर्माण गर्न बाँकी छ । मुख्य मैदानको छेउमा नमुना मैदान पनि बनाइएको छ ।

नमुना मैदानमा क्रिकेट प्रतियोगिता हुँदै आएकोमा कोरोना महामारीका कारण रोकिएको छ । नमुना क्रिकेट मैदानमा खेल हुँदा त्यसबाट पनि फाउण्डेशनले आर्थिक संकलन गर्दै आएको थियो ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top