१० दिनमा ४४ लाख डोज खोप लगाउने सरकारकाे याेजना

४ असोज, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ४४ लाख कोरोना विरुद्धको खोप आइसकेको भन्दै अब १० दिनखोप वितरण गर्ने सरकारको योजना रहेको बताएका छन् ।

Advertisement

प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ उनले खोप लगाउन छुटेका विभिन्न क्षेत्रका १८ वर्ष माथिका उमेर समुहलाई खोप व्यवस्था गरिने बताए । उनले भने – ‘४४ लाख खोप आइसकेको छ । जम्मा अहिलेसम्म १ करोड ७७ लाख खोप आएको छ । अहिले १० दिन खोप वितरण गर्ने योजना छ । जसमध्ये यो १८ वर्ष माथिका छुटेका विभिन्न सेक्टरमा लागेका सबैलाई खोप दिने व्यवस्था गर्न लागेका छौँ ।’

राज्यमन्त्री श्रेष्ठले उत्तरी भेगका १३ वटा जिल्लामा पूर्ण रुपमा खोप लगाउने व्यवस्था गर्न लागेको पनि बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top