×

NEPAL TIMES UPDATES

Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026

नेपाली आकाशमा फेरि उदायो गुण एयरलाइन्स

४ आश्विन २०७८

४ असाेज, काठमाडाैँ ।

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित असोज १ गते शुक्रवारबाट आफ्नो नियमित आन्तरिक उडान शुरु गरेको हो ।

Advertisement
Advertisement

एयरलाइन्सले पहिलो उडानको रुपमा काठमाडौं–चितवन गरेको छ भने दोस्रोमा काठमाडौं–पोखरा उडान भरेको छ । एयरलाइन्सका सिइओ बालकृष्ण श्रेष्ठले गुण एयरलाइन्स कसैसँग प्रतिष्पर्धा गर्नका लागि नआएको बताए। उनले एयरलाइन्सले कोरोनाको पेन्डामिक समयमा आम मानिसमा पर्न गएको असरलाई मध्यनजर गर्दै पाँच जेट स्ट्रिम र दुई विचक्राफ्ट सञ्चालनमा ल्याएको बताए । सिइओ श्रेष्ठले जनतालाई सुरक्षा, प्यासेन्जरलाई मनोरञ्जन दिने नै गुण एयरलाइन्सको मुख्य लक्ष्य भएको बताए । उनले पुरानो ब्राण्डबाटै चलाउन उपयुक्त हुन्छ भन्ने सोचले लामो समयपछि उडान भरेको जानकारी दिए ।

सिइओ श्रेष्ठले भने, ‘हामीले असोज १ गते, १७ सेप्टेम्बर २०२१ देखि हामीले सेवाहरु सञ्चालन गर्यौं, र फस्र्ट फ्लाइट भरतपुर गर्यौं, त्योपछि फेरि पोखरा, यो विचएयरक्राफ्ट १९०० बाट हामीले सेवा सुविधा दिएका हौँ र शुरुदेखिकै हाम्रो फस्र्ट फ्लाइटदेखिकै प्यासेन्जर अकुपेन्सी, कन्टीन्यूएशन,१०० प्रसेन्ट अकुपेन्सीमा शुरु गरिरहेका छौँ,हामीले दिने भनेको फस्र्ट प्रायोरेटी सेफ्टीलाई हो, सेफ्टीलाई कहिल्यै कम्परमाइज गर्दैनौं, रिलाइबिलिटी, कस्टूमर सटिस्फ्याक्शन नै हाम्रो उपलब्धि मान्नुपर्छ, यो तीन दिनको अप्रेशनमा पनि राम्रो प्रतिक्रिया आइरहेको छ, यो कन्टिन्यूएशन प्रोसेसमै थियो, हामीले अहिले पुरानो ब्राण्डमै चलाउन उपयुक्त सोचेर पुनः सञ्चालनमा ल्याएका छौँ ।’

दुई वर्ष भन्दा कम उमेरकालाई निःशुल्क, ज्येष्ठ नागरिकहरुलाई छुट

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले दुई वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई निःशुल्क उडान र वृद्धवृद्धा र ज्येष्ठ नागरिकहरुलाई केही छुटको व्यवस्था गरेको बताए । उनले पहिला आफूसँग भएको अमेरिकन विचक्राफ्ट र नयाँ जेट स्ट्रिम पाँच वटा थप गरेर ७ वटा विमान सञ्चालनमा ल्याएको बताए । उनले तत्कालका लागि भरतपुर र पोखरा उडान भरिरहेको तर अन्तिम एक हप्तापछि विराटनगर, भैरहवा, सिमरा, तुम्लिङ्गटार र सुर्खेत लगायतका स्थानमा उडान भर्ने बताए ।

प्रवक्ता थापाले भने, ‘हामीले दुई वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई निःशुल्क उडानको सुविधा दिएका छौँ भने वृद्धवृद्धा र ज्येष्ठ नागरिकहरुलाई पनि केही सहुलियतको व्यवस्था गरेका छौँ, यो पहिलोपटक गण एयरलाइन्सले ल्याउन लागेको हो, पहिला हामीसँग २ वटा मात्रै अमेरिकन विचक्राफ्ट थिए, त्यसमा अहिले ५ वटा नयाँ जेट स्ट्रिम थप गरी ७ वटा पुर्याएका छौँ, तत्कालका लागि भरतपुर र पोखरा उडान भरिरहेका छौँ तर सबै प्रक्रिया सकिएपछि विराटनगर, भैरवहा, सिमरा, तुम्लिङ्गटार र सुर्खेत लगायतका स्थानमा उडान भर्नेछौँ, यो अबको हप्ता दशदिनमा शुरु हुन्छ ।’

गुण एयरलाइन्समा काठमाडौंबाट चितवनसम्म पुगेका यात्रुहरुले एयरलाइन्सको सेवाहरु राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले गुण एयरलाइन्सको सर्भिस राम्रो भएकोले सबैलाई एकपटक यसको सर्भिस लिन सुझाएका छन् ।

गुणसँग २ विचक्राफ्ट १८ सिटको क्षमताका छन् भने जेटस्ट्रिम ३० सिट क्षमताका हुन् । २००९ मा स्थापना भएको गुण एयरलाइन्स २०१३ मा सिम्रिकमा परिवर्तन भएको थियो । कोरोनाको महामारी जारी नै रहेको कारण एयरलाइन्सले स्वास्थ्यका मापदण्ड पूर्णरुपमा अपनाएरु एडान शुरु गरेको हो ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top