लोक सेवाले शाखा अधिकृतको रिजल्ट सार्वजनिक नगरेकाे भन्दै प्रदर्शन (फाेटाे फिचर)

४ असोज, काठमाडौं ।

Advertisement

लोक सेवा आयोगले अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा परीक्षार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । साेमबार परीक्षार्थीहरुले काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको कार्यालय अगाडि र माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘परीक्षा लिन सक्ने, नतिजा दिन नसक्ने ?’ ‘लोक सेवामाथि विश्वास गर्ने दिन सकिएको हो ?’ ‘बन्द खामभित्रको हाम्रो भविष्य खुला गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

Advertisement

लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तरवार्ता गत भदौ ८ गते सकिएको थियो । तर नतिजा प्रकाशन भएको छैन । परीक्षा सम्पन्न भई अन्तिम नतिजा प्रकाशन कुरेर बसिरहेको अवस्थामा अदालतको अन्तरिम आदेशपछि सबै प्रक्रिया रोकिएको थियो। उनीहरुले आफ्ना माग पूरा नभए सम्म धर्नामा बस्ने बताएका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top