ललितपुरमा साढे दुई तले घर ढल्यो

१२ असोज ८३, सोमबार
Share this
729shares

१२ असोज , काठमाण्डौ ।

Advertisement

ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुई तले घर ढल्यो ।

स्थानीय सोवितकुमार थापाको साढे दुई तले घर आज बिहान करिब ६ बजेर ३५ मिनेटमा ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले दिए जानकारी ।

Advertisement

जोखिममा रहेका कारण घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकाले मानवीय क्षति भने नभएको भनाइ ।

सो घरमा थापाको तीन जनाको परिवार बस्दै आएको थियो ।

Advertisement

अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको मिश्रको भनाइ ।

घर ढल्दा घर मुनि रहेको खोल्सो पनि थुनिएको प्रहरीले दियो जानकारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top