विद्युतकाे महसुल नतिर्ने ग्राहकको लाइन काटिँदै

३ असोज ७८, सोमबार

४ असाेज, पर्वत ।

नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युत् महसुल तिर्न बाँकी रहेका ग्राहकको लाइन् कट्ने भएको छ । पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल नबुझाउने उपभोक्ताको विद्युत् लाइन कटौती गर्ने अभियान सुरुवात गरेको हो ।

विद्युत् महसुल तिर्न मोटो रकम उठ्न बाँकी रहेकाले ६० दिनभित्रमा महसुल नतिरेमा लाइन काटिने र तिरेपछि मात्रै विद्युत् जडान गर्ने अभियान थालिएको वितरण केन्द्रका निमित्त प्रमुख प्रकाश काफ्लेले जानकारी दिए ।

पर्वत वितरण केन्द्रका प्रमुख काफ्लेले जिल्लाभर यो अभियानलाई कडाइका साथ सञ्चालन भइरहेको बताए । काफ्लेका अनुसार पाउनुपर्ने रकम कति छ भनेर हिसाब निकाल्ने काम भइरहेको छ । बक्यौता रहेकाहरूको खोजी गरेर लाइन काट्ने काम भइरहेको छ ।

अभियान अन्तर्गत सदरमुकाम कुश्माबजारमा मात्रै २३ जनाको विद्युत् लाइन कटौती गरिएको काफ्लेले जानकारी दिए । तीमध्ये २० जनाले कार्यालयमा आएर बक्यौता भुक्तानी गरेको उनले बताए ।

२० जनाबाट दुई लाख ६ हजार ८० रुपैयाँ असुल भएको पनि काफ्लेले जानकारी दिए । हालसम्म विद्युत् लाइन काटिएका सबै निजी क्षेत्रको रहेको भन्दै काफ्लेले सरकारी कार्यालयको पनि बक्यौता देखिए लाइन काटिने बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top