हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनमा अवरोधै अवरोध

Share this
735shares

काठमाडौँ : हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण निर्माण सुरु भएको आठ वर्ष बित्दासमेत अझै सम्पन्न हुन सकेको छैन।

Advertisement

बारम्बार अवरोधका कारण आयोजनाको निर्माण कार्य कहिले सम्पन्न हुने भन्ने अनिश्चित छ। मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका यो प्रसारण लाइन बनाउन थालिएको हो।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङ सबस्टेसनबाट सुरु भई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा जोडिने प्रसारण लाइन १० वटा जिल्ला पार भएर जान्छ।

Advertisement

प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादन लगायत कारण निर्माण ढिला भएको हो। स्थानीय अवरोध खुलाई निर्माणका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल हुन सकिरहेको छैन ।, यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top